सुन फेरी ९० हजार माथि

सुन फेरी ९० हजार माथि

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १६, २०७७

काठमाडाैं । स्थानीय बजारमा आज  पहेँलो धातुको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ  सोमबार प्रतितोला ९० हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आज ५०० रुपैयाँले वृद्धि भई  ९० हजार ५०० रुपैयाँ पुगेको छ । 

त्यसैगरी सोमबार प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने  ९० हजार ५० रुपैयाँतोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ  । तेजाबी सुन पनि प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो । यस्तै चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोवार भएको छ । सोमबार प्रतितोला  एक हजार १२० रुपैयाँमा कारोवार भएको चाँदी आज भने तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।