कपन साहित्य समाज र मित्र प्रतिष्ठान नेपालले बाल साहित्य स्रष्टालाई सम्मान गर्ने

कपन साहित्य समाज  र मित्र प्रतिष्ठान नेपालले बाल साहित्य स्रष्टालाई सम्मान गर्ने

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर १६, २०७७

सिन्धुपाल्चोक । कवि तथा अधिकारकर्मी कृष्ण सुवेदी (भारद्वाज मित्र) ले आफ्नी आमाका स्मृतिमा  पूर्णप्रकाश नेपाल यात्री बाल साहित्य सम्मान स्थापनाका लागि एक लाख रुपैयाँ को कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । नेपाली साहित्य, अनुसन्धान र प्राज्ञिक उन्नयनका लागि जीवनपर्यन्त सक्रिय यात्रीका सम्मानमा आफ्नी माताको स्मृतिमा कोष स्थापना गर्नका लागि वर्षिक पुण्यतिथिका दिन सुवेदीले कपन साहित्य समाजसँग प्रस्ताव गर्नुभएको छ । 
 
करीब दुई दशकदेखि साहित्य उन्नयनका लागि निरन्तर सक्रिय समाजका आजीवन सदस्य सिन्धुपाल्चोकका सुवेदीले  मित्र प्रतिष्ठान नेपाल र समाजबीचको सहकार्यमा बाल साहित्यका क्षेत्रमा कलम चलाउने स्रष्टालाई सम्मान गरिने जानकारी दिनुभयो । समाजका अध्यक्ष गणेश मिश्रले समाजका नियमित गतिविधिमा सो सम्मान थप्न पाउँदा निकै खुशी लागेको र यसबाट यात्रीको योगदानको पनि स्मरण हुने  बताउनुभयो ।