तोकिएको समयमा महाधिवेशन गर्न पार्टीभित्र लँडाई : वरिष्ठ नेता पौडेल

तोकिएको समयमा महाधिवेशन गर्न पार्टीभित्र लँडाई : वरिष्ठ नेता पौडेल

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १७, २०७७

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ भनेर आफूले आन्तरिकरुपमा सङ्घर्ष गरिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, 'प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो । त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर मैले पार्टीभित्रै लडाइँ गरिरहेको छु ।' पार्टी र विधानको रक्षा गर्न पनि तोकिएको समयमा नै महाधिवेशन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

वरिष्ठ नेता पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रवद्र्धन र अन्यायविरुद्ध कांग्रेस सक्रिय भएर लाग्ने छ भन्नुभयो ।