तत्काल विशेष अधिवेशन बोलाउन माग

तत्काल विशेष अधिवेशन बोलाउन माग

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १७, २०७७

पर्सा । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जनताको समस्यालाई राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसद्लाई बन्द गरिराख्न नहुने भएकाले तत्काल विशेष अधिवेशन बोलाउन माग गर्नुभएको छ ।  नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले देशभित्र उठेका प्रश्नको जवाफ दिन सरकारले संसद्को विशेष अधिवेशन बोलाउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले कोरोना सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारले खेलेको भूमिकाबारे प्रश्न उठिरहेको र जनता थप मारमा पर्दै आएको जनाउँदै अब बाध्य भएर पार्टीले सडक सङ्घर्षमा उत्रिने तयारी गरेको पनि बताउनुभयो ।