अस्पतालको विकास र विस्तारका लागि प्रदेश सरकार गम्भीर

अस्पतालको विकास र विस्तारका लागि प्रदेश सरकार गम्भीर

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १७, २०७७

कैलाली । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । कैलालीको टीकापुर अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री रावतले ग्रामीणस्तरसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले नै देशभरी ३९६ अस्पताल निर्माणको कामलाई सरकारले शुरु गरिसकेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा तिनै सरकारको आ–आफ्नो जिम्मेवारी रहेको बताउँदै कसैले पनि आफ्नो जिम्मेबारीबाट पन्छिन नपाउने जनाउनुभयो ।

राज्यमन्त्री रावतले टीकापुर अस्पताल प्रदेश सरकारको मातहतमा रहेको बताउँदै अस्पतालको विकास र विस्तारका लागि प्रदेश सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । टीकापुर अस्पतालको भौतिक संरचना निर्माण, दक्षजनशक्तिको व्यवस्थापन र चिकित्सकको आवास घरको निर्माणको लागि मन्त्रालयमा छलफल गरी बजेट विनियोजन गर्ने आश्वासन दिनुभयो ।