प्रभु बैङ्कसँग ७ वटा सीमाका भन्सार कार्यालयमा एक्सटेन्सन काउन्टरको समय थप गर्ने सहमित पत्रमा हस्ताक्षार

प्रभु बैङ्कसँग ७ वटा  सीमाका भन्सार कार्यालयमा एक्सटेन्सन काउन्टरको समय थप गर्ने  सहमित पत्रमा हस्ताक्षार

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १८, २०७७

काठमाडौँ । नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौ र प्रभु बैंक लि. को समन्वयमा नेपाल भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरू भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिराहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुनौली भन्सार कार्यालय कपिलवस्तु र सती भन्सार कार्यालय कैलालीमा सरकारी राजश्वर/भन्सार सङ्कलनका लागि सञ्चालनमा रहेका प्रभु बैङ्कका एक्सटेन्सन काउन्टरहरूले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका छन् । सो सम्बन्धी नवीकरण सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौँका तर्फबाट महानिर्देशक  सुमन दाहाल र प्रभु बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  अशोक शेरचनले आज मिति २०७७/०८/१७ गतेका दिन हस्ताक्षर भएकाे  प्रभु बैङ्कले जनाएकाे छ ।  

नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैङ्कका एक्सटेन्सन काउन्टरहरूको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरूको स्तरोन्नतिसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरूमा बढोत्तरी हुन गई राजश्व सङ्कलनको आकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुनुका साथै यसका साथै नेपाल सरकारको राजश्व सङ्कलन प्रक्रियामा छिटो छरितो हुन गई सहजीकरण हुने समेत बैङ्कले जारी प्रेस विज्ञप्तीमा विश्वास लिएको छ ।