के एल राहुलको ब्याटिङमा पञ्जाव विजयी, अंक तालिकामा तेस्रो

के एल राहुलको ब्याटिङमा पञ्जाव विजयी, अंक तालिकामा तेस्रो

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २६, २०७५

काठमाडौं । के एल राहुलको ब्याटिङ प्रेरित किंग्स इलेभन पञ्जावले सोमबार राती सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ ।

म्यान अफ दि म्याच राहुलले ५३ बलमा ७१ रन खेलेपछि पञ्जाव एक बल बाँकी छँदै विजयी भएको हो । 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको हैदरावादले निर्धारित ओभरमा चार विकेट गुमाएर १५० रनको योगफल तयार पारेको थियो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान डेबिड वार्नरले ६२ बलमा अभिजित ७० रन बनाए । 

अर्का आक्रामक ब्याट्सम्यान जोनी बेरस्ट्रो पनि नाकाम सावित भए । उनलाई मुजिव रहमानले एक रनमा आश्विनद्वारा क्याच आउट गराए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका विजय शंकरले पनि २७ बलमा २६ रन मात्रै जोड्न सके । उनलाई आश्विनले के एल राहुलद्वारा क्याच आउट गराए । त्यसपछि ब्याटिङ गर्न आएका मोहम्मद नावी १२ रन बनाएपछि आश्विनद्वारा रन आउट भए । पाँचौ नम्बरमा ब्याटिङ गर्न मनिष पाण्डेले १५ बलमा १९ रन जोडे । उनी मोहम्मद सामीको बलमा आउट भए । दीपक होडाले ३ बलमा अभिजित १४ रन जोडे । 

पञ्जाव तेस्रो स्थानमा उक्लियो 

जितसँगै पञ्जाव अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । पञ्जाव तीन स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएको हो । हैदरावाद एक स्थान तल झर्दै चौथोमा पुगेको छ । पञ्जावले ६ खेलबाट आठ अंक जोडेको छ भने समान खेल खेलेको हैदरावादको ६ अंक छ ।