युवा जागरण पर्यावरणीय मञ्चमा डा. अष्टमान किसि महर्जन

युवा जागरण पर्यावरणीय मञ्चमा डा. अष्टमान किसि महर्जन

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १८, २०७७

ललितपुर । युवा जार पर्यावरणीय  मञ्चको २६ औँ साधारण सभाले डा. अष्टमान किसि महर्जनलाई चार वर्षको लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

विश्वको पहिलो वातावरण रेडियो 'रेडियो पर्यावरण १०४‍‍.२' मेगाहर्जको सञ्चालक संस्था युवा जागरण पर्यावरणीय मञ्चको २६ औ वार्षिकोत्सव तथा २६ औ वार्षिक साधारण सभाबाट डा. अष्टमान किसि महर्जनको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन गरेको हो । 

जसमा उपाध्यक्ष दिलीप प्रसाद दाहाल, सचिव दयाराम सैजु ,कोषाध्यक्ष गोमा पाण्डे ,सहसचिव सुनिल महर्जन,सदस्यहरूमा जितेन्द्र महर्जन ,राजेन्द्र महर्जन ,राम राना मगर ,कृष्णहरि महर्जन,विष्णु कुमार माझी, विजय राई,राजु महर्जन ,रितिक लामा, सर्वसम्मत रूपमा चयन गरियो।साथै अनुगमन समितिमा दीपेन्द्र श्रेष्ठ ,सादुराम खैजु, बम बानिया,राम कृष्ण महर्जन ,बटुकृष्ण कार्की रहनु भएको छ । सल्लाहकारमा बद्री प्रसाद सिवाकोटी तथा प्रवक्तामा नवराज सञ्जेल चयन गरिएको छ। सोही समितिले फूलचोकी एकीकृत विकास योजनालाई सशक्त रुपमा अगाडि बढाउने समेत निर्णय गरेको छ।