विवाहबन्धनमा बाँधिदै अभिनेत्री श्वेता खड्का

विवाहबन्धनमा बाँधिदै अभिनेत्री श्वेता खड्का

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १८, २०७७

काठमाडाैं ।  तत्काल आफ्नो  विवाह गर्ने कुनै योजना नरहेको बताउँदै आउनु भएकी अभिनेत्री श्वेता खड्का अन्तत:  विवाहबन्धनमा बाँधिने हुनुभएकाे छ ।

उहाँले मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लाग्नु भएकाे हाे । 

उहँहरू केही समय अगाडिदेखि प्रेममा रहेकाे चर्चा बजारमा चलेकाे थियाे । तर, यसलाई अभिनेत्री खड्काले खण्डन गर्दै आउनु भएकाे थियाे । 

उहाँहरुकाे यही मंसिर २२ गते गोकर्ण फरेस्ट रिसोर्टमा विवाह हुँदैछ । विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति रहने बुझिएकाे छ।

'कहाँ भेटिएला' सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गर्नु भएकी श्वेताको यो दोश्रो विवाह हो ।

यसअघि उनले २-७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गर्नु भएकाे थियाे ।

विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो ।