रेट्रो अङ्ग्रेजी सङ्गीतका विजयीको नाम घोषणा : शिवना, तुशिता, स्वोर्निम क्रमशः पहिलो, दोस्रो तेस्रो स्थान हासिल

रेट्रो अङ्ग्रेजी सङ्गीतका विजयीको नाम घोषणा : शिवना, तुशिता, स्वोर्निम क्रमशः पहिलो, दोस्रो तेस्रो स्थान हासिल

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १८, २०७७

काठमाडौँ । रेट्रो अङ्ग्रेजी साङ्गीतिक प्रतियोगिता (THE STRINGS )को अन्त्य सँगै विजयी प्रतियोगीको नाम घोषणाको पर्खाई पनि अन्त्य भएको छ।  

कार्यक्रमको ग्रान्ड फिनाले प्रतियोगीहरूको प्रदर्शन सहित मनोरञ्जनात्मक खुराक प्रस्तुत गरिएकोमा जसका निर्णायक मण्डलमा निर्वाण चौधरी, युलिया कोइराला, पेम्बा लेप्चा र सोंना अमात्य रहेका थिए।  विवेक सिंह ठकुरी कार्यक्रमका एकल होस्ट थिए।  विजेताको छनोटको आधार दर्शकहरूको वोट्स रहेको थियो र दर्शकहरू कसलाई विजयी बनाउने भन्ने बारे निस्चयी थि।  THE STRINGS विजयीको घोषणा मङ्गलवार गरिएको थियो र यो सबैको लागि रमाइलो साँझ भएको थियो।

THE STRINGS को पहिलो सिजनको ऐतिहासिक विजयी शिवा श्रेष्ठले ट्रोफि र नाम दुबै हासिल गरिन्। त्यसमा तुशिता मास्के दोस्रो र स्वोर्निम श्रेष्ठ तेस्रो स्थान हासिल गर्न सफल भए। 

  प्रतियोगीहरू मध्य पहिलो विजेता नगद १ लाख, २ रातर ३ दिनको होटेल रेस्टुरेन्ट, सौराहा, चितवनमा स्टे, दोस्रो विजेताले नगद ५० हजार र २ रातर ३ दिनको होटेल पार्कल्याण्ड, सौराहा, चितवनमा स्टे र तेस्रो विजेताले नगद २५ हजार र चन्द्रा गिरी हिल्ल रिपोर्ट, चन्द्रागिरीमा २ रातर३ दिनको स्टे प्राप्त गरेका छन्।  यस बाहेक डीसहोमको वार्षिक जडान र अन्य आकर्षक उपहारहरू  समेत प्राप्त विजयी प्रतियोगीहरूले प्राप्त गरेका छन्।

ग्राउन्ड फिनालेको प्रसारण बुधवार साँझ ८:३० मा डीसहोमको Reality TV  मा गरिनेछ। कार्यक्रममा पेम्बा लेप्चा र भूषण श्रेष्ठको विशेष प्रस्तुतिले दर्शकहरूलाई पुराना यादहरूसँग जोडेको थियो।  पुराना रेट्रो गीतहरुको प्रस्तुति वास्तवमै जादुमय रहकाे थियाे  ।