यस्तो छ, जाजरकोटको सुरक्षित सुत्केरी तथ्याङ्क

यस्तो छ, जाजरकोटको सुरक्षित सुत्केरी तथ्याङ्क

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर १९, २०७७

जाजरकोट । जाजरकोटमा आर्थिक वर्ष २०७६/७७ मा ५६.१ प्रतिशत महिला सुरक्षितरूपमा सुत्केरी भएको तथ्याङ्क सार्वजनिक भएको छ । सबैभन्दा बढी बारेकोट ९९.३, कुशे ६६.३, जुनिचाँदे ३१, छेडागाड ५०.४, शिवालय ७.७, नलगाड ६६.७, भेरी ५०.१ प्रतिशत अङ्क ल्याएका छन् ।
 
स्वास्थ्य विभागले गरेको लक्ष्य नजिक बारेकोट गाउँपालिका पुगेको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क फोकल व्यक्ति टेकबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य विभागले चार हजार ६६  महिलाले सुरक्षित सुत्केरी स्वास्थ्य संस्थामा आएर हुने लक्ष्य राखे पनि दुई हजार २८१ महिलाले मात्र स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भएको तथ्याङ्क सार्वजानिक भएको छ ।

बारेकोट गाउँपालिकामा ४२८ लक्ष्यमा ४२५, कुशे गाउँपालिकामा ४८३ लक्ष्यमा ३२०, जुनिचाँदे गाउँपलिकामा ५०४ लक्ष्यमा १५६, छेडागाड नगरपालिकामा ८२८ लक्ष्यमा ४५२, शिवालय गाउँपालिकामा ३६३ लक्ष्यमा २८, नलगाड गाउँपालिकामा ६०६ लक्ष्यमा ४०७, भेरी नगरपालिकामा ८५४ लक्ष्यमा ४९३ जना मात्र सुरक्षित सुत्केरी भएको तथ्याङ्कमा उल्लेख छ । 

आव २०७५/७६ मा ४६.९ प्रतिशत महिला सुरक्षित सुत्केरी भएका थिए । बारेकोट ८१.१, कुशे ५५.६, जुनिचाँदे २०.८, छेडागाड ४७.८, शिवालय ५.८, नलगाड ५४.८, भेरी ५१.२ प्रतिशतले सुरक्षित सुत्केरी सेवा लिएका थिए । अघिल्लो वर्षभन्दा ९.२ प्रतिशतले सुरक्षित सुत्केरीदर बढेको छ । शिवालय गाउँपलिका र छेडागाड नगरपालिका सुर्खेतको सिमानामा जोडिएका स्थानीय तह हुन् । सडक सञ्जालसँगसमेत जोडिएका छन् । जुनिचाँदे गाउँपालिका प्रशासकीय केन्द्र लुहदहसम्म मुस्किलले यातायातका साधन हिउँदयाममा चल्ने गर्दछन् ।