ल बुझ्नुस सटर आइल्याण्ड फिल्मको सस्पेन्स
चैत्र २६, २०७५

सन् २०१० फेब्रुअरीमा रिलीज भएको सिनेमा ‘सटर आइल्याण्ड’लाई एउटा उत्कृष्ट ‘साइकोलजिकल थ्रिलर मुभि’को रुपमा राख्न सकिन्छ । यसको निर्देशन प्रख्यात हलिउड निर्देशक मार्टिन सेरोस्कीले गरेका थिए । सिनेमाको कथावस्तु डेनिस लेहानेको चर्चित उपन्यास ‘सटर आइल्याण्ड’ मा आधारित थियो । ८० मिलियन डलरमा निर्माण भएको यस चलचित्रले झण्डै २९५ मिलियन डलरको कारोबार गरेको थियो ।

निर्देशक मार्टिनले फिल्म निर्माणताका नै भनेका थिए कि उनको यस सिनेमाले डबल कमाई गर्छ । दर्शक पहिलोपटक सिनेमा हेर्नका लागि थिएटरमा जान्छन् भने दोस्रोपटक सिनेमालाई बुझ्न । साँच्चै नै सिनेमालाई बुझ्नका लागि दुईपटक नहेरिकन मुश्किल पर्छ । 

ल्याबोटोमी मानसिक उपचार गर्ने सर्जिकल विधि हो । यस विधिमा विरामीलाई उत्तेजित गर्ने दिमागका नसा काटेर फ्याँक्ने गरिन्छ । यसो गर्दा विरामी पूर्णरुपले भावनाशून्य र बौद्धिकरुपले कमजोर पनि हुनसक्छ । डा. जोन सकभर ऐन्ड्रयुमाथि ल्याबोटोमी विधिको प्रयोग नगरेर आत्मबोधको विधिबाट उपचार गर्ने प्रयास गर्छन् । यसका लागि अस्पतालको स्वरुपलाई नाट्यशालाकारुपमा परिणत गर्छन् । अस्पतालका सबै डाक्टर, नर्स तथा कर्मचारीलाई विभिन्न तहको अभिनय गर्ने पात्रका रुपमा प्रस्तुत गरिन्छ ।

यस सिनेमाको पृष्ठभूमि सन् १९५० को एउटा घट्नालाई आधार मानी तयार पारिएको हो । सिनेमाका मुख्य पात्र लियोनार्दो डि क्याप्रियोलाई सिनेमामा दुई फरक स्वरुपमा प्रस्तुत गरिएको थियो । फिल्मका नायकलाई एउटा रुप सार्जेन्ट ऐन्ड्रयुको र अर्को काल्पनिक पात्र पुलिसकर्मी टेडी को रुपमा प्रस्तुत गरिएको थियो । सिनेमामा केही पात्र असली हुन्छन् भने केही पात्र काल्पनिक रहेका थिए । सिनेमाको कथावस्तु जेरी जस्तै जेलिएको छ । कहाँबाट शुरु हुन्छ र कहाँ अन्त हुन्छ एक पटकमा बुझ्न गार्‍हो पर्छ । 

सिनेमालाई बुझ्नको निम्ति ऐन्ड्रयुबाट शुरु गर्दा सजिलो हुन्छ ।  ऐन्ड्रयु एउटा भयंकर मानसिक विमारीबाट ग्रस्त हुन्छ । उसलाई ‘सटर आइल्याण्ड’स्थित मानसिक अस्पतालमा राखिएको हुन्छ । अस्पतालका प्रमुख डा. जोन  मानवतावादी धारणा राख्ने व्यक्ति हुन्छन् । डा.जोन सबै मानसिक समस्या भएका बिरामीलाई मानवीय ढंगले उपचार गर्नुपर्नेे धारणा राख्थे । तर ऐन्ड्रयुको मानसिक अवस्था हेर्दा ल्याबोटोमी सर्जरी विधिबाट मात्र उपचार हुने सम्भावना देखिन्छ । 

ल्याबोटोमी मानसिक उपचार गर्ने सर्जिकल विधि हो । यस विधिमा विरामीलाई उत्तेजित गर्ने दिमागका नसा काटेर फ्याँक्ने गरिन्छ । यसो गर्दा विरामी पूर्णरुपले भावनाशून्य र बौद्धिकरुपले कमजोर पनि हुनसक्छ । डा. जोन सकभर ऐन्ड्रयुमाथि ल्याबोटोमी विधिको प्रयोग नगरेर आत्मबोधको विधिबाट उपचार गर्ने प्रयास गर्छन् । यसका लागि अस्पतालको स्वरुपलाई नाट्यशालाकारुपमा परिणत गर्छन् । अस्पतालका सबै डाक्टर, नर्स तथा कर्मचारीलाई विभिन्न तहको अभिनय गर्ने पात्रका रुपमा प्रस्तुत गरिन्छ । 

अब ऐन्ड्रयुलाई एउटा काल्पनिक जासूस टेडीको रुपमा प्रस्तुत गरिन्छ । टेडीलाई सहायकका रुपमा डा. लोस्टरलाई उपलब्ध गराइन्छ । वास्तविकतामा भने डा. लोस्टरले नै ऐन्ड्रयुको उपचार गरिराखेको हुन्छन् । टेडीलाई सटर आइल्याण्डमा रसेल नामक मानसिक विरामीको अनुसन्धानका लागि खटाइन्छ । रसेल हस्पिटलबाट भागेकोे हुन्छ । यसै क्रममा टेडीलाई ‘द लोबोट फर हु इज ६७’ लेखिएको खेस्रा प्राप्त हुन्छ । यस खेस्राको अनुसन्धानको लागि टेडीले धेरै व्यक्तिसँग सोधपुछ गर्छ । 

अनुसन्धानको क्रममा टेडीलाई बोध हुन थाल्छ कि, वास्तविक रुपमा ऊ जासूस होइन वरन् एउटा पूर्व अमेरिकी सैनिक हो । उसलाई बोध हुन्छ कि ऐन्ड्रयु नामको अमेरिकी सैनिक दोस्रो विश्वयुद्धताका जर्मनीमा थियोे । उसले हिटलरले  बन्दी बनाएका धेरै यहुदीहरुलाई मुक्त पारेको थियो । र, युद्ध समाप्त भए पछि ऊ अर्थात टेडी अमेरीका फर्किएको थियो । 

तनावका कारण ऐन्ड्रयुमा धेरै रक्सी सेवन गर्ने लत लाग्छ । यसले गर्दा उसकी श्रीमतीमा नैराश्यता आउँछ । नैराश्यताका कारण आफ्नै घरमा आगो लगाएर ऐन्ड्रयुको श्रीमतीले आत्महत्या गर्ने प्रयास गर्छिन् । यसपछि  ऐन्ड्रयु श्रीमती तथा बच्चाहरुलाई तलाउ नजिक भएको एउटा घरमा लैजान्छ । उसकी श्रीमतीले बच्चाहरुलाई पानीमा डुबाएर मार्छिन् । र, यसले गर्दा आवेशमा आएर ऐन्ड्रयुले गोली हानेर श्रीमतीको हत्या गर्छ । यो सारा घट्नाले उसको दिमागमा ठूलो नकारात्मक असर पर्छ र ऊ यसबाट मुक्त हुने कोशिस गरिरहेको हुन्छ । यसै अन्र्तगत ऊ सार्जेन्ट ऐन्ड्रयुबाट टेडीको रुपमा आएको उसलाई भान हुन थाल्छ । 

सिनेमाको प्रारम्भमा डा. जोनको परीक्षणलाई सफल भएको देखाइए पनि वास्तविक रुपमा डा. जोनको प्रयोग परीक्षण असफल भएको देखाइन्छ । केही हदसम्म ऐन्ड्रयुले आफ्नो विगतलाई बुझे पनि फेरी ऊ आफूलाई टेडीकोे  रुपमा प्रस्तुत गर्न थाल्छ । यसले गर्दा  अन्त्यमा डा. जोन ऐन्ड्रयुलाई सर्जरी गर्ने निर्णय गर्छन् ।

उपन्यासको भन्दा सिनेमाको अन्त अलि भिन्न ढंगले प्रस्तुत गरेका थिए निर्देशकले । सिनेमाको एक दृष्यमा  ऐन्ड्रयुले भन्छ,  ‘शैतान भएर बाँच्नु भन्दा असल मान्छे भएर मर्नु बेस’ । यो वाक्य बोलेर ऐन्ड्रयु सर्जरी गर्ने कोठातिर जान्छ । यस दृष्यले दर्शकलाई सोच्न बाध्य बनाउँछ, साच्चै नै ऐन्ड्रयु ठीक भएको हो कि होइन भनेर ?

 सस्पेन्स– थ्रिलर सिनेमा मन पराउने दर्शकका लागि यो सिनेमा उत्कृष्ट खुराक हो । तर साधारण मनोरंजनात्मक सिने दर्शकलाई भने सिनेमा हेर्दा झर्को लाग्न सक्छ । सिनेमाको पटकथा तथा निर्देशन उच्चकोटिको छ । अन्य सस्पेन्स सिनेमा एकचोटि हेरेपछि दोहोर्‍याएर हेर्न मन लाग्दैन् तर यो सिनेमा बारम्बार हेर्न सकिन्छ । सिनेमामा व्यक्त भएका शब्दहरु, दृश्य सम्पादन तथा निर्देशकको कल्पनाशीलताले यस सिनेमालाई उच्चकोटिको वर्गमा पुर्‍याएको छ । 

याे पनि

ड्रगले मस्तिष्कीय क्षमता सय प्रतिशत हुने फिल्म लुसीको नायिका सुपरम्यान बनिन

कृतिम बौद्धिकताको संसारः म्याट्रिक्स फिल्मबारे एक चर्चा

सपना भित्रको सपना फिल्म इन्सेप्सनको कल्पना

रोबोट र मनुष्यको द्वन्द्व विषयक उत्कृष्ट फिल्म: एआई