द्रष्टा र  दृश्य

द्रष्टा र  दृश्य

किराति नेल्शन मुकारुङ  |  साहित्य  |  मंसिर २०, २०७७

दृश्यमा सबै देखिन्छ 
तर दृश्य हेर्न मानिस 
स्वयं आफै दृश्यमा देखिन्न

मस्तिष्कमा विचारको द्वन्द 
दिलमा आधिबेरिको चट्याङ
भुमरीमा हराएको पात्र,
हाँडीगाउँको जात्रा

हेरियो सबै दृश्य बाहिर
तर भेटिन हेर्ने मानिस भित्र
यो चित्तको विचित्र चरित्र
उ दृश्य बाहिर या दृश्य उ भित्र?

स्वयंलाई भो गारो चिन्न
घट्दैछ आयु, कालः भिन्न-भिन्न
सास फेर्दै, मौन, आँखा बन्द 
प्रशन भित्र उत्तर खण्ड खण्ड

कुरुक्षेत्र भित्रको युद्ध र द्वन्द
मस्तिष्क भित्रको घमण्ड 
भन्दा ठुलो रहेछ द्रष्टा-ब्रह्माण्ड !!!

 

मंसिर १५, २०७७