गजल

गजल

शान्त खवास  |  साहित्य  |  मंसिर २०, २०७७

यस्तै भएर बिग्रिएरको हो मेरो देशको मति
किन की लुटेर खाने छन् देशमा कति कति 

सडक तताएका छन् जनता कराएका छन् 
सुन्दैन बहीरो सरकार जनता चिच्याउन जति 

सोझा सिधामा बारम्बार छुरा प्रहार गर्छन्
खै कसरी सम्झाउ बिश्वास भएन  एक रति 

रिस  ईर्ष्या कसैको पनि राख्नु हुन्न मनमा  
भन्छन् अति गर्यो भने फेरि हुनसक्छ खति

उ हेर हिड्दैछ सडकमा कछुवा झै घिस्रिएर
खै कुन पापीले बनायो यिन्को यस्तो गति ।।