अफगानिस्तानको कान्दाहारमा सेनाले गरेको कारबाहीमा १८ तालिबानी लडाकू मारिए

अफगानिस्तानको कान्दाहारमा सेनाले गरेको कारबाहीमा १८ तालिबानी लडाकू मारिए

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर २१, २०७७

एजेन्सी । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । 

कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ । 

शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले कारबाहीका क्रममा ठूलो मात्रामा हातहतियार र बारुदी सुरुङ समेत बरामद गरिएको बताएको छ ।

तालिबान विद्रोहीहरुले उक्त घटनाका बारेमा केही बताउन चाहेका छैनन् ।