दाउदको नाममा सांसदलाई धम्की

दाउदको नाममा सांसदलाई धम्की
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २७, २०७५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द लिङ्देनलाई धम्क्याउँदै ५० लाख रूपैयाँ माग्ने युवक पक्राउ परेका छन् ।

झापाका तिलकदास पराजुलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार गोंगबुबाट पक्राउ गरेको हो ।

पराजुलीले आफूलाई अन्डरवल्र्ड डन दाउद इब्राइमको मान्छे भएको भन्दै लिङ्देनलाई फोन गरी ५० लाख रूपैयाँ मागेका थिए । हत्याका लागि ५० लाखको सुपारी लिइसकेको भन्दै उनले हिन्दी भाषामा धम्क्याएको समाचार नयाँ पत्रिका दैनिकमा छ ।