मनोविज्ञ जेरोल्ड पोस्टको निधन: जसले ट्रम्पले चुनावको 'हार र वैधता'स्वीकार नगर्ने निचोड २०१९ मा नै निकाले !

मनोविज्ञ जेरोल्ड पोस्टको निधन: जसले ट्रम्पले चुनावको 'हार र वैधता'स्वीकार नगर्ने निचोड २०१९ मा नै निकाले !

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर २३, २०७७

जेरोल्ड पोस्ट अमेरिकी गुप्तचर संस्था सीआईएका मनोवैज्ञानिक प्रोफाइलर थिए । उनी ती व्यक्ति हुन्, जसले इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेन र उत्तर कोरियाली नेता किम जोङ-उनजस्ता शक्तिशाली नेताको मनोविज्ञानबारे अध्ययन गरेका थिए । सीआईएमा काम गर्दा उनले अमेरिकाका वैदेशिक सम्बन्धका रणनीति निर्माण गर्ने क्रममा महत्वपूर्ण योगदान रहेको थियाे । 

पछिल्लो समयमा भने उनको ध्यान देशभित्रै केन्द्रित थियो । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मनोवृत्तिबारे किताब लेखिरहेका थिए । जेराल्ड पोस्टले आफ्नो यो काम भने पूरा गर्न पाएनन् । पूर्व राजनीतिक-मनोवैज्ञानिक एवम् लेखक जेरोल्ड पोस्टको २२ नोभेम्बरमा कोरोना भाइरस पोजेटिभ देखिएको एक सातापछि ८६ वर्षको उमेरमा कोरोना भाइरससँग सम्बन्धित जटिलताका कारण मृत्यु भयो । तर उनको क्षमतालाई अतुलनीय भन्दै सम्झना गरिएको छ ।

उनको समूहले क्युबाका नेता फिडेल कास्ट्रो, इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेन र लिबियाका नेता कर्णेल मुहामर गद्दाफीजस्ता नेताको मनस्थिति केलाएको थियो । उनीहरूको समीक्षाका आधारमा नै राष्ट्रपतिहरू र उच्च अधिकारीहरूले वार्ता र संकटको सामना गर्ने रणनीति तयार पार्दथे । उनले लेखेको ‘क्याम्प डेभिड प्रोफाइल्स’ मा इजिप्टका राष्ट्रपति अनवर सदात र इजरेली प्रधानमन्त्री मेलाख्लिम बेगिनको मनस्थितिको समीक्षा गरिएको थियो ।

सन् १९३४ मा न्यू हाभेनमा जन्मिएका पोस्टले यल विश्वविद्यालयमा स्नातक तहको अध्ययनपछि चिकित्साशास्त्र अध्ययन गरे । त्यसपछि उनले हार्भर्ड मेडिकल स्कूल र नेशनल इन्स्टिच्युट अफ मेडिकल हेल्थमा मनोविज्ञान विषयमा स्नातकोत्तर गरे । उनले सीआईएमा २० वर्षभन्दा बढी समय काम गरेका थिए । जहाँ सन् १९७० को दशकमा उनले व्यक्तित्व र राजनीतिक व्यवहारको समीक्षा गर्ने केन्द्रको समेत स्थापना गर्न पुगे । 

‘हामी विदेशी नेतालाई उनीहरूको सांस्कृतिक र राजनीतिक सन्दर्भसँग जोडेर हेर्छौँ । उनीहरूले व्यक्तिगत द्वन्द्वलाई अन्तराष्ट्रिय मञ्चमा कुन हदसम्म लगिरहेका हुन्छन् भन्ने समीक्षा गर्छौँ’, यल विश्वविद्यालयमा उनले भनेका थिए । उनको समूहले क्युबाका नेता फिडेल कास्ट्रो, इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेन र लिबियाका नेता कर्णेल मुहामर गद्दाफीजस्ता नेताको मनस्थिति केलाएको थियो । उनीहरूको समीक्षाका आधारमा नै राष्ट्रपतिहरू र उच्च अधिकारीहरूले वार्ता र संकटको सामना गर्ने रणनीति तयार पार्दथे । उनले लेखेको ‘क्याम्प डेभिड प्रोफाइल्स’ मा इजिप्टका राष्ट्रपति अनवर सदात र इजरेली प्रधानमन्त्री मेलाख्लिम बेगिनको मनस्थितिको समीक्षा गरिएको थियो ।

यो पुस्तकबाट नै तत्कालीन अमेरिकी राष्ट्रपति जिमी कार्टरलाई मेरिल्याण्डमा राष्ट्रपतिको बिदा मनाउने स्थान ‘क्याम्प डेभिड’ मा सन् १९७८ मा भएको वार्ताको रणनीति बनाउन फलदायी भएको बताइन्छ । सोही आधारमा नै सन् १९७९ मा इजिप्ट र इजरायलका नेताहरुबीच शान्ति सन्धिमा हस्ताक्षर भएको थियो । 

उनले आफ्नो पुस्तक ‘किपिङ फेथ’ मा लेखेका छन्, ‘क्याम्प डेभिडपछि बिरलै कुनै मुख्य सम्मेलन भयो होला जहाँ हामीलाई विदेशी नेताहरूको व्यक्तिचित्र र त्यसको समीक्षा नगराइएको होस् ।’ उनलाई सन् १९७९ मा इन्टेलिजेन्स मेडल अफ मेरिटले सम्मानित गरिएको थियो । 

त्यसपछि उनी जर्ज वासिङ्टन युनिभर्सिटीको अन्तर्राष्ट्रिय मामिला कार्यक्रममा राजनीतिक–मनोविज्ञान कार्यक्रमको निर्देशक भए । तर अमेरिकी अधिकारीले पछि उनलाई इराक र सद्दाम हुसैनसँग सम्बन्धित निर्णयमा सघाउन भन्दै बोलायो  ।

सन् २००२ मा बीबीसीसँगको कुराकानीमा पोस्टले सद्दाम हुसेनको बाल्यकाल निकै उतारचढावपूर्ण भएको बताएका थिए । हुसेनलाई परिवारले पढाउन अस्वीकार गरेपछि उनी आफ्नो घर छाडेर काकासँग गएर बसे । जसले उनको दिमागमा ‘प्रभुताका सपनाहरू भर्ने काम’ गरे । 

यस्तै कल्पनाका कारण हुसेन घृणित आत्मरति बोकेको व्यक्तिमा परिणत भएको उनले बताएका थिए । 

पोस्टले लेखेका १४ वटा पुस्तकमा आतङ्कवादीका दिमागदेखि आफू केन्द्रित नेताहरूका मनोअवस्था केलाइएको छ । अनुमतिबिनै सार्वजनिक व्यक्तित्वका मनोस्वास्थ्यबारे प्रतिक्रिया जनाएको भन्दै कतिपय समयमा आलोचना समेत खेप्नु परेको थियो । 

तर मौन बस्नु अनैतिक काम हुने पोस्टको तर्क थियो । सन् २०१७ मा उनले द न्यूयोर्क  पत्रिकासँग भनेका थिएः ‘सजग गराउनु जिम्मेवारी हो ।’

उनले अमेरिकी राष्ट्रपति ट्रम्पबारे भनेका थिए, ‘नाम लिन नहुने ती व्यक्तिको झोक्किने शैली र योग्यताबारे गम्भीर प्रश्न उठेका छन् ।’ सन् २०१९ मा नै उनले ट्रम्पले निर्वाचन हारेमा उनले तत्कालै हार स्वीकार गर्न कठिन हुने विश्लेषण गरेका थिए । आफ्नो भविष्यवाणी सफल प्रमाणित भइरहँदा उनी भने संसारबाट बिदा भएका छन् । उनले त्यसबेला नै भनेका थिए, ‘ट्रम्पले चुनावको वैधतालाई नै पनि नस्वीकार्न सक्छन् ।’ उनका यस्ता विश्लेषणहरु अमेरिकी र विश्वका नेताहरुको हकमा धेरैजसो मिल्न गएका छन् । उनको निधनबाट मनोविश्लेषणको क्षेत्रमा भने क्षति पुगेको छ । स्रोतः बीबीसी