कोलकातालाई हराउँदै चेन्नई शीर्षमा

कोलकातालाई हराउँदै चेन्नई शीर्षमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २७, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत मंगलबार राति चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ ।

चेन्नईसँग पराजित भएसँगै शीर्ष स्थानको कोलकाता एक स्थान तल झरेको छ । चेन्नई भने शीर्ष स्थानमा उक्लिएको छ । 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको कोलकाता चेन्नईको बलिङ आक्रमकसामु धरासायी भएको थियो । उसका लागि अलराउन्डर आन्द्रे रसलले ४४ बलमा ५० रन जोड्नुबाहेक अन्यले खासै रन जोड्न सकेनन् । रसलकै ब्याटिङको मद्धतमा कोलकाताले ९ विकेट गुमाएर १०८ रनको झिनो योगफल तयार पारेको थियो । 

कोलकाताको इनिङ ध्वस्त पार्ने क्रममा चेन्नईका दीपक चहरले २० रन खर्चेर तीन विकेट लिएका थिए । उनले प्रारम्भिक ब्याट्सम्यान क्रिस लिनसँगै रविन उथप्पा र नितिश रानाको विकेट चट्काए । यस्तै, हरभजन सिंह र इमरान ताहिरले समान दुई र रविन्द्र जडेजाले एक विकेट लिए । हरभजनले अर्काे प्रारम्भिक ब्याट्सम्यान सुनिल नारायणको विकेट लिए । यस्तै, उनले पियुस चावलाको विकेट पनि चट्काए । ताहिरले कप्तान दिनेश कार्तिक र शुभमान गिलको विकेट लिँदा जडेजाले प्रसिद कृष्णाको विकेट लिए । 


चेन्नईले १०९ रनको विजयी लक्ष्य १७.२ ओभरमै तीन विकेट गुमाएरै भेटायो । उसका लागि फाप डु फ्लेसिसले सर्वाधिक ४३ रनको पारी खेले । 
कोलकाताका तर्फबाट नारायणले दुई र चावलाले एक विकेट लिए । 

यस्तो छ अंक तालिका