पञ्जावलाई हराउन सक्ला मुम्बई ?

पञ्जावलाई हराउन सक्ला मुम्बई ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २७, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार राति मुम्बईको वाङखडे स्टेडियममा किंग्स इलेभन पञ्जाव र मुम्बई इण्डियन्स प्रतिष्पर्धा गर्दैछन् । 

पञ्जाव मुम्बईसँगको अपराजित यात्रा जारी राख्न दाउमा छ भने मुम्बई अघिल्लो खेलमा हारको बदला लिने दाउमा छ । यस्तोमा यो खेल रोमाञ्चक र प्रतिष्पर्धात्मक हुने देखिन्छ ।

यसअघिको खेलमा मुम्बईलाई पराजित गरेको पञ्जावको मनोबल बलियो छ । तर, पञ्जावलाई मध्यक्रम नचल्दा समस्या देखिएको छ । यस्तोमा मुम्बईका लागि फाइदा हुन सक्छ । 

मुम्बई पछिल्ला केही खेलमा लयमा देखिएको छ । मुम्बईले प्रतियोगिताका बलियो दाबेदार मानिएका चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादलाई हराएको थियो । यससँगै मुम्बईलाई घरेलु दर्शकको पनि साथ हुनेछ । 

अंक तालिकामा पञ्जाव अघि 

चालू आइपिएलको अंक तालिकामा मुम्बईभन्दा पञ्जाव अघि छ । पञ्जाव ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । उसले ६ खेलमध्ये चारमा जित हासिल गरेको छ । 
पञ्जावभन्दा एक खेल कम खेलेको मुम्बई अंकतालिकामा पाँचौ स्थानमा छ । उसको ६ अंक छ । 

हेड टु हेडमा मुम्बई अघि

हेड टु हेड प्रतियोगितामा भने मुम्बई अघि देखिएको छ । यी दुई टोलीबीच भएका २३ खेलमा मुम्बईले १२ मा जित हासिल गरेको छ भने पञ्जावले ११ खेलको नतिजा आफ्नो पक्षमा पारेको छ ।