पाक प्रधानमन्त्री भन्छन्– मोदी पुनः प्रधानमन्त्री बने शान्तिवार्ता हुन सक्छ

पाक प्रधानमन्त्री भन्छन्– मोदी पुनः प्रधानमन्त्री बने शान्तिवार्ता हुन सक्छ
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २७, २०७५

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री बने शान्ति वार्ता हुने आशा रहेको बताएका छन् । 

‘भारतीय जनता पार्टी (बिजेपी)ले जित्यो भने कश्मीरबारे छलफल अघि बढ्न सक्छ । यद्यपि, मोदी भारतमा मुसलमानसँग आफूलाई अलग महसुस गरिरहेका छन्,’ पाक प्रधानमन्त्री खानले विदेशी पत्रकारसँग भने, ‘तर, भारतमा विपक्षी पार्टी कांग्रेसको नयाँ सरकार बन्यो भने पाकिस्तानसँग छलफल नहुन सक्ने सम्भावना छ । किनकि कांग्रेस पाकिस्तानसँगको छलफलबारे डराएको छ ।’ 

कांग्रेसको डर भारतको दक्षिणपन्थी पार्टीसँग रहेको खानको भनाइ छ । उनका अनुसार बिजेपी दक्षिणपन्थी पार्टी हो । 

बिजेपीले जम्मू–कश्मीरबाट विशेष दर्जा छुटाउने भन्नु चिन्ताजनक भएको खानको भनाइ छ । ‘यद्यपि, यो चुनावी मुद्दा पनि हुन सक्छ,’ खानले भने । यो खबर बिबिसी हिन्दीबाट साभार गरिएको हो ।