भाइरस मार्ने नया प्रविधि

भाइरस मार्ने नया प्रविधि

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २७, २०७५

अमेरिकाको युनिभर्सिटी अफ मिशिगनका वैज्ञानिकले हावामा रहेका भाइरस निस्कृय बनाउने नयाँ प्रविधि विकास गरेका छन । यसले सर्जिकल मास्कको प्रयोग गर्ने बाध्यताबाट मुक्ति पाउने आशा गरिएको छ । 

वाशिगंटन, पेट्र । हावाका माध्यमले फैलने खतरनाक ‘भाइरस कन्ट्रोल’ गर्ने दिशामा वैज्ञानिकहरुलाई ठूलो सफलता मिलेको छ । 

‘कोल्ड प्लाज्मा’ को सहायताले हावाबाट फैलने भाइरसलाई निष्कृय बनाउन सकिन्छ । ‘युनिभर्सिटी अफ मिशिगन’ का वैज्ञानिक अनुसार, यो प्रविधिले भविष्यमा ‘सर्जिकल मास्क’ लाई विस्थापित गर्नेछ  । ‘कोल्ड प्लाज्मा’ प्रविधिले हावामा रहेका ९९.९ प्रतिशत भाइरसलाई निष्कृय बनाउन सकिन्छ । 

हावामा उर्जा बोकेका ‘चाज्र्ड पार्टिकल’ लाई ‘कोल्ड प्लाज्मा’ भनिन्छ । ‘कोल्ड प्लाज्मा’ को सहायताले हावामा रहेका भाइरसलाई निष्किृय बनाउन सकिन्छ । 

अस्पताल लगायत आवत जावत गर्ने ठूलठूला भवनहरुमा यो प्रविधि अत्यन्त उपयोगी हुने दावी गरिएको छ । 

यस अनुसन्धानमा संलग्न हेरेक क्लैकका अनुसार ‘बिमारी फैलने ठूलो माध्यम हावा हो, यसबाट जोगिनु सजिलो छैन । श्वास फेर्दा हावामा रहेका भाइरसबाट जोगिने उपाय छैन ।’

मानिसले हावामा रहेका भाइरसबाट जोगिन मास्क प्रयोग गर्छन । तर मास्कको प्रयोग सिमित उपाय मात्रै हो । मास्क भाइरसलाई ‘फिल्टर’ गरेर शरीरमा प्रवेश गर्न रोक्छ, भाइरसलाई निष्कृय बनाउन सक्दैन । 

क्लैकले नयाँ प्रविधिबारे जानकारी दिंदै भने– ‘कोल्ड प्लाज्मा’ प्रविधिमा ‘रेडिकल’ भनिने अस्थिर परमाणुले भाइरसलाई ‘आक्सीडाइज्ड’ बनाइ दिन्छन । ‘आक्सीडाइज्ड’ भए पछि भाइरस निष्किृय हुनपुग्छ । 
अहिलेसम्म हावाबाट भाइरसलाई रोक्न मास्क अथवा ‘अल्ट्राभाइलेट रेज’ को प्रयोग गरिन्छ । अनुसन्धानमा संलग्न वैज्ञानिकहरुको दावीअनुसार ‘ननथर्मल प्लाज्मा’ बाट हावालाई शुद्ध बनाउने यो प्रविधि सबै परम्परागत विधिको तुलनामा अत्यन्त प्रभावकारी छ र यसले अन्य सबै प्रविधिलाई विस्थापित गरिदिन्छ ।