फ्रान्समा फेसबुक र एपल कम्पनीलाई डिजिटल ट्याक्स लगाइने

फ्रान्समा फेसबुक र एपल कम्पनीलाई डिजिटल ट्याक्स लगाइने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २७, २०७५

पेरिस । फ्रान्समा फेसबुक, एपल र अमेजनजस्ता अमेरिकी कम्पनीमाथि डिजिटल ट्याक्स लगाइने भएको छ । 

डिजिटल ट्याक्सबारे बनाइएको कानुनलाई फ्रान्सको संसद्को तल्लो सदन नेसनल एसेम्बलीले भारी बहुमतले पास गरेको छ । 

यस विषयमा फ्रान्सका वित्तमन्त्री बु्रनो ली ने भने, ‘यो कामको अगुवाइ गर्न पाएकोमा फ्रान्सलाई गर्व छ । हामी यो कानुन लागू गर्न प्रतिबद्ध छौं ।’ 

तर, अमेरिकाले फ्रान्ससँग प्रस्ताव खारेज गर्न आग्रह गरेको छ । यसबारे अमेरिकी विदेशमन्त्री माइक पोपियोले भनेका छन्, ‘यो कानुनले अमेरिकी कम्पनी मात्र होइन, फ्रान्सका नागरिक पनि प्रभावित हुनेछन्, जो यस किसिमको प्लेटफर्म उपयोग गर्छन् ।’ 

तर, फ्रान्सले गाफा (गुगल, अमेजन, फेसबुक र एपल) कानुनको प्रस्ताव गरेको छ । 

फ्रान्समा कानुन बन्न संसद्को उच्च सदन सिनेटमा पास हुनु जरुरी हुन्छ । 

यो कानुन लागू भए डिजिटल विज्ञापन, निजी डाटा बिक्री आदिका लागि कम्पनीले तीन प्रतिशत कर तिर्नुपर्नेछ । यो नियम हरेक वर्ष ८४ करोड डलर कमाई गर्ने विश्वभरका कम्पनीमा लागू हुने खबर एएफपीमा छ ।