प्रतितोला ९०० रुपैयाँले घट्यो सुन

प्रतितोला ९०० रुपैयाँले घट्यो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २५, २०७७

काठमाडाैं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला  ९३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनसमेत प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला  १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला  एक हजार २१५ रुपैयाँमा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २०० रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।