अब कुकुरले क्यान्सर पत्ता लगाउने

अब कुकुरले क्यान्सर पत्ता लगाउने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २७, २०७५

न्युयोर्क । कुकुरलाई मानिसको सबैभन्दा भरपर्दाे र विश्वासिलो साथी भनिन्छ । अब यस भरपर्दाे साथीले क्यान्सरको परीक्षण गर्ने प्रविधि विकसित भएको छ । 

अमेरिकी हेल्थ केयर कम्पनी बायो सेन्टर डिएक्सले हालै गरेको अध्ययनमा कुकुरले रगत सुँघेर क्यान्सर थाहा पाउने कुरा प्रकाशमा आएको छ । यसको परिमाण ९७ प्रतिशत दुरुस्त रहेका छन् । वैज्ञानिकले आशा गरेका छन्– यस प्रविधिको माध्यमले क्यान्सरलाई रोकथाम गर्ने नयाँ प्रद्धति विकसित हुन्छ । 

कुकुरमा मानिसभन्दा १० हजार गुणा बढी सुँघ्ने शक्ति रहेको हुन्छ । कुकुर गन्धलाई लिएर अति संवेदनशील हुन्छन् । 

कुकुरको यसै सुँघ्ने क्षमताका कारण विश्वभरका जाँच एजेन्सीले अपराधी पत्ता लगाउन, विस्फोटक पदार्थ, मादक पदार्थ पत्ता लगाउन कुकुर प्रयोग गर्छन् । 

अनुसन्धान दलका प्रमुख हिथर जनक्वेराका अनुसार, अहिलेसम्म क्यान्सरको कुनै भरपर्दाे उपचार छैन । तर, यदि प्रारम्भमै क्यान्सर भएको पत्ता लागेको खण्डमा यसलाई निको पार्न सकिन्छ । 
कुकुरले रगत सुँघेर नै प्राथमिक चरणको क्यान्सरबारे पत्ता लगाउन सक्छ । यसले विश्वभरकै क्यान्सर रोगीलाई मद्धत गर्न सकिन्छ । 

यस अध्ययनका लागि वैज्ञानिकले विगल प्रजातिका चार कुकुरलाई प्रशिक्षण दिएका थिए । यी कुकुरलाई सामान्य र स्वस्थ मानिसको रगत तथा क्यान्सरग्रस्त मानिसको रगतमा रहेको फरक बुझ्ने प्रशिक्षण दिइयो । 

प्रशिक्षण पाएका कुकुरले ९६.७ प्रतिशतसम्म क्यान्सरको रगत पहिचान गरे । 

जनक्वराले भनिन्, ‘प्राप्त भएका परिणाम उत्साहजनक छन् ।’ हाम्रो यस अध्ययनले क्यान्सर जाँचबारे दुइटा ढोका खोल्नेछ । पहिलो अन्तर्गत हामी प्रारम्भमै क्यान्सर भएको थाहा पाउन सक्छौं । र, दोस्रोमा हामीले त्यो ‘वायोलोजिकल कम्पाउण्ड’ पत्ता लगाएका छौं, जसका कारण कुकुरले क्यान्सर सुँघेरै पत्ता लगाउँछन् ।’ भविष्यमा यस ‘बायोलोजिकल कम्पाउन्ड’बाट क्यान्सर निर्मूल गर्ने नयाँ प्रविधि विकसित हुनेमा वैज्ञानिक आशावादी रहेको खबर एजेन्सीको सहयोगमा तयार पारिएको छ ।