हट्याे प्रसूती गराउन बाहिर जानुपर्ने बाध्यता

हट्याे प्रसूती गराउन बाहिर जानुपर्ने बाध्यता

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर २५, २०७७

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–६ वीरपुर स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन भएको छ ।  केन्द्र सञ्चालनमा आएपछि वडा नं ६, ७, ८ र १०  का गर्भवतीहरु छोटो समयमै स्वास्थ्य संस्थामा पुग्न सक्ने छन् ।  

नगर प्रमुख नेत्रराज अधिकारीले प्रसूति सेवा सञ्चालनमा आएसँगै यस क्षेत्रका गर्भवतीहरु  प्रसूति गराउन बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो । नगर उपप्रमुख शिवकुमारी थारुले नगरका सबै गर्भवतीलाई प्रसूति सेवा केन्द्रबाट सेवा लिन आग्रह गर्नुभयो ।