नदीजन्य पदार्थ उत्खनन एवं लोड गर्दै गरेको अवस्थामा आठ सवारी नियन्त्रणमा

नदीजन्य पदार्थ उत्खनन एवं लोड गर्दै गरेको अवस्थामा आठ सवारी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर २६, २०७७

तनहुँ । तनहुँको विभिन्न स्थानबाट अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाबाट प्रहरीले बिहीबार आठ सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

व्यास–११ शेरास्थित बुल्दीखोला किनारबाट नदीजन्य पदार्थ उत्खनन एवं लोड गर्दै गरेको अवस्थामा ग १ त ३४४८, ग १ त ४६१७ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । 

म्याग्दे–५ छाङपाटनस्थित निषेधित जग्गामा गिट्टी बालुवा उत्खनन एवं लोड गरिरहेको अवस्थामा ग१त १५५५ नंको ट्र्याक्टर नियन्त्रणमा लिइएको छ । त्यस्तै बन्दिपुर–६ स्थित नमूना ग्रिट एण्ड क्रसर प्रालिबाट उत्पादित नदीजन्य पदार्थ लोड गरी ओसारपसार गर्दै गरेको अवस्थामा ना७ख ६१५, ग१क ४२३८, ग१ख ९२५३ र बा२क ५२७६ नंको टिपर नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सवारी साधनलाई कारवाहीका लागि सम्बन्धित पालिकामा पठाइएको प्रहरीले जनाएको छ ।