सांसदसँग ५० लाख फिरौती माग

सांसदसँग ५० लाख फिरौती माग

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७५

काठमाडाैं । राप्रपाका महामन्त्री एवं झापा–३ का सांसद राजेन्द्र लिङ्देनलाई ७ चैतमा नेपाल टेलिकमको ९८४३९४७२९४ नम्बरबाट एकजनाले शुभचिन्तक बनेर एसएमएस पठाए– ‘तपाईं राजेन्द्र सर हो भने मलाई तुरुन्त फोन गर्नुस् न, इमर्जेन्सी छ । तपाईंको नम्बर बिजी मात्र भन्छ ।’ लिङ्देनले वास्ता गरेनन् । त्यही नम्बरबाट फेरि अर्को एसएमएस आयो– ‘ह्वाट्सएप खोल्नुस् न, मैले म्यासेज गरेको छु, इमर्जेन्सी छ । तपाईंबारे केही कुरा सुनेर म आत्तिएँ ।’ लिङ्देनले ह्वाट्सएपको म्यासेज चेक गरे । लेखिएको थियो– ‘पाँचजनाले होटेलमा बसेर तपाईंलाई मार्ने कुरा गरिरहेको भेटेँ, त्यहाँ लेनदेनको कुरा पनि हुँदै थियो । सुन्दै डर लाग्यो । म त भोलि विदेश जाँदै छु । तपाईं जोगिएर बस्नुहोला ।’ 

उनले लिङ्देनलाई ह्वाट्सएपमा निरन्तर भ्वाइस म्यासेज पनि छोडिरहे । अडियोमा भनिएको छ– ‘कोही तपाईंलाई मार्न चाहन्छन्, होटेलमा तीनजना भारतीय र दुईजना नेपाली थिए । एउटा पुलिसजस्तो देखिन्थ्यो । तीनजनासँग पेस्तोल पनि थियो । उनीहरू हिन्दीमा गफ गर्थे । दुई नेपालीले भारतीय नागरिकलाई २० लाख रुपैयाँ दिएका छन्, ३० लाख चाहिँ तपाईंलाई मारिसकेपछि दिने भन्दै थिए । तपाईंलाई मार्न तपाईंकै कोही मान्छे मिलेका छन् ।’ जब ती व्यक्तिले लिङ्देनलाई आफू विदेशका लागि जहाज चढेको एसएमएस पठाए, नेपाल टेलिकमको नम्बर पनि बन्द भयो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।