गीत

गीत

गीता  अधिकारी  |  साहित्य  |  मंसिर २७, २०७७

केटाः तिम्लाई पनि मलाई झैँ हुँदो हो

केटीः हुन्छ नि

केटाः मनभित्र हल्चली चल्दोे हो

केटीः चल्छ नि
केटाः जता हेर्‍यै त्यतै नै मेरो रूप

केटीः अनि

केटाः आँखैअघि झल्झली आउँदो हो

केटीः आउँछ नि

केटाः तिमीविना म बाँच्न सक्दिनँ  

केटीः म पनि

केटाः अहिल्यै भागी जाऊँ पनि भन्दिनँ

केटीः किन नि  ?

केटाः पञ्जेबाजा, जन्ती लिई आउने हो

केटीः हो र ?

केटाः नाची नाची तिम्लाई लिई जाने हो

केटीः कहिले त ?

केटाः यही आउने मंसिर महिनामा

केटीः साँच्ची हो !