अब १० कित्ता सेयर भर्न पाइने

अब १० कित्ता सेयर भर्न पाइने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ। यसअघिको कम्तीमा ५० कित्ता सेयर खरिद गर्नुपर्ने व्यवस्थामा परिवर्तन गर्दै बोर्डले यस्तो व्यवस्था गरेको छ। सबै वर्गका लगानीकर्ताको सहभागिता बढाउन उपलब्ध भएसम्म सबै आवेदकहरुले १० कित्ता सेयर पाउने समावेशी वितरण प्रणाली र आस्वा व्यवस्था २०७३ साल देखि लागू भएपछि काठमाडौंबाहिर सहित देशैभर साना तथा आम लगानीकर्ताको सहभागिता बढ्दै गएको छ। तथापि यसलाई अझ व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको बोर्डको भनाइ छ।

यसै परिप्रेक्ष्यमा सार्वजनिक निष्कासनमा हालको कम्तीमा ५० कित्ताका लागि आवेदन गर्ने व्यवस्थामा परिवर्तन गरी विद्यार्थी, गृहिणी तथा स–साना पुँजी भएका वर्गको पुँजीबजारमा पहुँच बढाउने र यसलाई समावेशी बनाई यो वर्षको एक नेपाली एक डिम्याट खाता अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले बोर्डले सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्ता पनि आवेदन गर्न पाउने व्यवस्था गरेको जनाएको छ। आजको नागरिक दैनिकमा खबर छ ।