पाँच श्ययाको अस्थायी कोभिड अस्पताल

पाँच श्ययाको अस्थायी कोभिड अस्पताल

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर २८, २०७७

खलङ्गा । गुठिचौर गाउँपालिकाले पाँच श्ययाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । सो गाउँपालिकाको वडा नं ५ मा अस्पताल सञ्चालन गरेका गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । नवनिर्मत भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको जानकारी दिनुभयो । 

कोभिड अस्पतालमा आवश्यक पर्ने सबै सुविधा उपलब्ध गराउनका लागि स्थानीय सरकार लागि परेको अध्यक्ष भण्डारीले बताउनुभयो । अब कोभिड अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरसहितको उपकरण थप्ने गरी काम भइरहेको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामालाल प्याकुरेलले बताउनुभयो ।

सङ्घीय सरकारले कोभिड अस्पताल निर्माणको लागि रु १० लाख बजेट पठाएको गाउँपालिकाले जनाएको छ । सो अस्पातलमा अहिले दुई स्टाफ नर्स र एक जना कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिका स्वास्थ्य संयोजक बालकराम नेपालीले बताउनुभयो । गाउँपालिकामै कोभिड अस्पताल निर्माण हुँदा निकै सहज हुने स्थानीयवासी बताउँछन्  ।