'खटाएको ठाउँमा नगए बर्खास्त'

'खटाएको ठाउँमा नगए बर्खास्त'

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७५

काठमाडौं । करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका छन्। समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले अहिलेसम्म समायोजनको चिठीसमेत बुझेका छैनन्। संघीय मामिला मन्त्रालयले करिब १२ हजार कर्मचारीले समायोजनको चिठी नबुझेको बताएको छ। मन्त्रालयले समायोजनको चिठी सम्बन्धित मन्त्रालयमै पठाउने गरे पनि असन्तुष्ट कर्मचारीले भने चिठी नबुझी समायोजन परिमार्जन गर्न मन्त्रालयसँग गुनासो राखेका छन्।

गुनासो राख्दै मन्त्रालयमा निवदेन दिने कर्मचारीमध्ये धेरैजसोले समायोजनको चिठी नबुझेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले जायज गुनासोे मात्रै सम्बोधन गर्ने नीति बनाएको छ। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयमा आएका गुुनासोमध्ये धेरैजसो गुनासो असन्दार्भिक र नाजायज रहेको दाबी गरे। उनले भने, ‘जायज गुनासो सम्बोधन हुन्छ तर नाजायाजको सम्बोधन हुन सक्दैन,’ उनले भने, ‘अब म सबै गुनासोबारे अध्यन गर्छु। मनको बह मात्र खोज्नेहरूका लागि भने केही गर्न सकिन्न।’ आजको नागरिक दैनिकमा खबर छ ।