११.११ अभियानको सफलतापछि दराज र डिसहोम तथा सिमटिभीबिच सहकार्य सुरु

११.११ अभियानको सफलतापछि  दराज र डिसहोम तथा सिमटिभीबिच सहकार्य सुरु

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २८, २०७७

काठमाडौं । नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिसहोम तथा सिमटिभीबीच सहकार्य सुरु भएको जनाइएकाे छ । दराजले आफ्नो बर्षको अन्तिम सेल अभियान ‘दराज १२.१२’  सफल बनाउन डिसहोमसँग सहकार्य  गरेको हो । सिम टिभी डिशहोमको डिजिटल टेलिभिजन सेवा हो । 

यो अभियान २०७७  मंसिर २७ बाट सुरु भएर पुस ३ सम्म सञ्चालन हुनेछ । ११.११ अभियानको सफलतापछि दराजले १२.१२ अभियान बनाउन डिशहोम र सिम टिभीसँग सहकार्य गरेको हो । यस अभियानमा सहभागी भई आलाइनमार्फत डिशहोम र सिम टिभी खरिद गर्ने उपभोक्ताले  १२ प्रतिशतसम्म छुट पाउने छन् ।