बुडुवा खोलामा पुल निर्माण शुरु

बुडुवा खोलामा पुल निर्माण शुरु

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २८, २०७७

तनहुँ । भीमाद नगरपालिका–३ स्थित बुडुवा खोलामा पुल निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् उक्त ठाउँमा पुल निर्माण गरिन लागेको हो । पुल निर्माणका लागि विसं २०७७ साउन २८ गते गणेशकुण्ड/निर्माण सेवा नुवाकोटसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । 

रुपैयाँ दुई करोड पाँच लाख ५७ हजार १४४ मा ठेक्का सम्झौता भएको उक्त पुल विसं २०७८ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । पुल १९।८ मिटर लामो हुनेछ ।

उक्त ठाउँमा पुल नहुँदा वर्षायाममा सर्वसाधारणलाई सास्ती हुँदै आएको स्थानीयवासी पदम ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार यसै क्षेत्रबाट निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको पहलमा यहाँ पुल निर्माण शुरु गरिएको हो ।