जबरर्जस्ती करणीको आरोपमा पक्राउ

जबरर्जस्ती करणीको आरोपमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर २८, २०७७

तनहुँ । शुक्लागण्डकी नगरपालिकास्थित १३ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय केशबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । 

यही मङ्सिर २२ गते केशबहादुरले बालिकालाई जबरर्जस्ती करणी गरेको शनिबार प्रहरीमा उजूरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । 'बालिकालाई जबरर्जस्ती करणी गरेको उजूरीका आधारमा प्रहरीले निजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ', तिमिल्सिनाले भन्नुभयो ।