वैकल्पिक शिक्षा प्रणाली र सिकाई: पहिलो चरण असफल हुनुका कारण र व्यवस्थापन समितिको भूमिका

वैकल्पिक शिक्षा प्रणाली र सिकाई: पहिलो चरण असफल हुनुका कारण र व्यवस्थापन समितिको भूमिका

कृष्ण थापा  |  शिक्षा  |  मंसिर २८, २०७७

कोभिड–१९ को प्रभावका कारण मुलुकभर लकडाउन भएपछि २०७६ साल चैत्र ०५ गतेदेखि सबै विद्यालयहरू बन्द भएको पनि करिब ८ महिना भइसकेको छ । विद्यालय बन्दभएको ३ महिना भइसकेपछि सङ्घीय सरकारको पहलबाट यही २०७७ असार १ गते देखि वैकल्पिक प्रर्णालीबाट  सिकाई निरन्तरता दिने उद्देश्यले वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका २०७७  लाई कार्यान्वयनमा ल्याइएको पनि करिब ५ महिना सम्पन्न भई सकेको छ । 

कोभिड–१९ को प्रभावका कारण मुलुकभर बन्द भएका करिब ३० हजार सामुदायिक विद्यालयहरू मध्ये करिब ४ हजार ५ सय सामुदायिक विद्यालयहरूमा क्वारेनटाइन  परिणत भएका छन् भने करिब ७० वटा विद्यालयहरूमा आइसोलेसन वार्डहरू समेत स्थापना गरिएका थिए । बल्ल विद्यालय बन्द भएको ४ महिना पछि विद्यालयहरूमा क्वारेनटाइन  र आइसोलेसन वार्डहरू सबै हटाउने नेपाल सरकारको मन्त्रीपरिषद् निर्णय समेत गरी सकेको छ । अब यी क्वारेनटाइन र आइसोलेसन वार्डहरू राखिएका सबै विद्यालयहरूमा वातावरणीय सरसफाइ गर्ने गरी निः संक्रमीकरण कार्य निर्देशिका(२०७७) तयार गरिसकेको छ भने मुलुकभरका सबै विद्यालयहरूलाई पुनः सञ्चालन गर्ने गरी विद्यालय पुनः सञ्चालन कार्य ढाँचा (२०७७) समेत कार्यान्वयन गर्ने, गराउने  तयारी  भइरहकाे छ । 

विद्यालयमा भर्ना अभियान थालनी गर्ने र परीक्षा सञ्चालन गर्ने त्यस पछि भाद्र १५ गते बाटै विद्यालय पुनः सञ्चालन गर्ने घोषणा गरियो । यो घोषणा पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हतार गर्‍यो तर हालै विद्यालय पुनः सञ्चालन गर्ने अवस्था देखिएन । विश्व स्वास्थ्य सङ्गठनका केही मापदण्ड र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आधारभूत मापदण्डलाई पालना गर्ने हो भने अनिश्चित कालसम्म विद्यालय बन्द हुने अवस्थामा सबै विद्यालयहरू खुल्न सकिरहेका छैनन् । 

सरकारले ल्याएकाे दुवै निर्देशिकालाई अभ्यासमा ल्याउनका लागि पहिलो चरणमा निःसंक्रमीकरण कार्य निर्देशिका(२०७७) को कार्यान्वयन र दोस्रो चरणमा विद्यालय पुनः सञ्चालन कार्य ढाँचा (२०७७) कार्यान्वयन गर्ने, गराउने र तेस्रो चरण विद्यालय सुरक्षाको पूर्व तयारीका कार्यहरू भई रहेका छन् ।

पहिलो चरणको वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका २०७७ कार्यान्वयन पछि देखिएका विश्लेषणात्मक पक्षहरू 

कोभिड–१९ को प्रभावका कारण मुलुकभर लकडाउन भएपछि २०७६ साल चैत्र ०५ गते देखि सबै विद्यालयहरू बन्द भएको २ महिना पछि मात्र सङ्घीय सरकारले २०७७ असार १ गते देखि वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका (२०७७) को कार्यान्वयनमा ल्याई पहिलो चरणको अभ्यासको थालनी भएको पनि ४ महिना कार्यान्वयनमा आएको थियो तर पहिलो चरणमा पूर्ण सफलता हुन सकिरहेको छैन । यसरी पूर्ण सफलता नहुनुमा तथ्यगत केहि कारणहरू छन् जो यसप्रकार रहेको छन् ।  

 सिकाई निरन्तरता अभियानमा सा.वि.वय.स. महासङ्घ नेपालले गरेका प्रयासहरू

कोभिड–१९ को प्रभावका कारण मुलुकभरका सबै सामुदायिक विद्यालयहरू २०७६ साल चैत्र ५ गतेबाटै बन्द भएका थिए केही स्थानमा खुल्दै बन्द हुँदै आए र हाल खुल्न सक्ने जिल्ला र पालिकाहरूमा यो विद्यालय बन्दको अवस्थामा महासङ्घले के अभ्यासहरू गरिरहेको छ । 

विद्यालय सञ्चालनको विकल्पमा विद्यार्थी सिकाई निरन्तरताका हाम्रा भावी योजनाहरू

विद्यार्थी सिकाई सहजीकरण निर्देशिका (२०७७) को कार्यान्वयनलाई प्रभावकारी विद्यार्थीसम्म पुग्नका लागि सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आफ्नो स्तरबाट केही योजनाहरू तय गरी कार्यान्वयन अभ्यासमा ल्याउन थालिरहेको छ ।