विवादमा तान्ने प्रयास : भारतीय किसान आन्दोलनमा ओबामा र ट्रुडोका तस्बिरको प्रयोग !?

विवादमा तान्ने प्रयास : भारतीय किसान आन्दोलनमा ओबामा र ट्रुडोका तस्बिरको प्रयोग !?

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर २९, २०७७

भारतमा यतिबेला भारतीय किसानहरु कृषि कानुनको विरोधमा सडकमा ओर्लिएर आन्दोलन गरिरहेका छन् । किसानको आन्दोलनका कारण राजधानी दिल्लीका चारैतिरका मुख्य बाटाहरु बन्द भएका छन् । किसानहरु ट्रयाक्टरसहित अन्य कृषि औजारहरु सडकामा राखेर सडक अवरुद्ध गरिरहेका छन् भने आफूहरुका माग सम्बोधन नभए रेल सेवा समेत सञ्चालन गर्न नददिने चेतावनी समेत दिइरहेका छन् । 

भारतमा सरकारले ल्याएको कृषि कानुन फिर्ता लिन माग गर्र्दै किसानहरु आन्दोलनमा उत्रीएका हुन । यो आन्दोलनको चर्चा भारतमा मात्रै सिमित  नभएर विश्वव्यापी रुपमा चर्चा पाइरहेको छ । यो आन्दोलनसँग अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामा, क्यानाडाका प्रधानमन्त्री जस्टीन ट्रडो र बेलायती प्रधानमन्त्री बोरिस जोनसन समेत जोडिन पुगेका छन् । 

धेरै राजनीतिकरण भएको भनिएको भारतको किसान अन्दोलनबारे सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरु भइरहेको देख्न सकिन्छ । यसै सन्दर्भमा ओबामा र ट्रुडोलाई समेत जोडेर अन्दोलनको  प्रचार–प्रसार समेत भइरहेको छ ।   सो विषयमा बीबीसीले आन्दोलनको पक्ष लिएको भनेर गलत सूचना फैलाउने प्रयास गरिएको आरोप समेत लागेकोे छ । 

अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले किसान आन्दोलनबारे व्यक्त गरेको भनिएको केही भनाइहरु समेत सार्वजनिक समेत भएका छन् ।  बराक ओबामा राष्ट्रपति हुँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग धेरै पटक भेटघाट भएको थियो  । मोदी र ओबामासँगै उभिएको तस्बिर अहिले सामाजिक सञ्जालहरुमा ‘भाइरल’ समेत बनेको छ । त्यसमा सन् २०१४ मा ह्वाइट हाउसमा मोदीसँग भएको भेटप्रति उनले ‘पछुतो’ व्यक्त गरेको भनाइहरु समेत सार्वजनिक भएपछि यो स्विर भाइरल भएको हो ।   

किसानहरुको आन्दोलनलाई अन्तराष्ट्रिय समर्थन रहेको देखाउनका लागि पनि यस्ता तस्बिर प्रयोग ल्याइएको छ । यसरी प्रयोग गरिएको मोदी र ओबामाको सो तस्बिर सक्कली हुँदाहँदै पनि  ट्विटर पोस्ट गलत भएको बताउन थालिएको छ ।  

क्यानाडका प्रधानमन्त्री जस्टीन ट्रुडोको पनि यो किसान आन्दोलनमा ऐक्यबद्धतालाई लिएर प्रश्न उठ्इएको छ । भारत सरकारले नै उनको आलोचना गर्न समेत भ्याइसकेको छ । प्रदर्शनमा भारतीय सरकारको प्रतिक्रियाबारे चिन्ता व्यक्त गरेपछि जस्टीन एक्कासी विवादमा तानिएका हुन् । 

ट्विटर पोस्ट गलत स्पेलिङसहित कमजोर अंग्रेजी भाषामा लेखिएको विषयले पनि चर्चाले उच्च स्थान पाएको छ । ओबामाको ट्विटर प्रोफाइल सम्पादन गरेर त्यसमा राखिएको देखिन्छ । ओबामाको ट्विटर टाइमलाइन जाँच गर्दा पनि गत महिना प्रदर्शन सुरू भएयता त्यस प्रकारको ट्विट गरेका छैनन् । 

यसैगरी क्यानाडका प्रधानमन्त्री जस्टीन ट्रुडोको पनि यो किसान आन्दोलनमा ऐक्यबद्धतालाई लिएर प्रश्न उठ्इएको छ । भारत सरकारले नै उनको आलोचना गर्न समेत भ्याइसकेको छ । प्रदर्शनमा भारतीय सरकारको प्रतिक्रियाबारे चिन्ता व्यक्त गरेपछि जस्टीन एक्कासी विवादमा तानिएका हुन् । 

त्यो विषयसँगै जस्टीनेको एउटा तस्बिर भ्रमपूर्ण सूचना प्रवाहको निम्ति सामाजिक सञ्जालमा प्रयोग भएको पनि पाइएको छ । जसमा जस्टीन आन्दोलनप्रति ऐक्यबद्धता जनाउन सिख समुदायको एउटा समूहसँग बसिरहेको दाबी भारतीय सरकारी निकायले तथ्य सार्वजनकि गरिरहेको छ । स्मरण रहोस भारतमा धेरै सिख किसान रहेका छन् । 

क्यानाडमा कैयौँ सिखसहित भारतीय मूलका मानिसको ठूलो जनसंख्या बसोबास गर्ने गरेका छन् । तर सो तस्बिर पनि दाबी गरिएको जस्तो जस्टीनले  नै नहा हालेको बताइन्छ । उक्त तस्बिर पनि करिब पाँच वर्ष पुरानो हो र यसैलाई राखेर यसबेला भ्रमपूर्ण प्रचार भइरहेको आरोप समेत लागेको  छ । 

यो र यस्ता तस्बिर र सन्दर्भ गलत भएको भारतीय प्रधानमन्त्री कार्यालयले समेत  पुष्टि गरिसकेको छ । प्रधानमन्त्री कार्यालयले जस्टीनको तस्बिर हालैको हैन भनेर पुष्टि गर्न उनको दाह्रीको प्रसंग उल्लेख गरेको छ । सो तस्बिरमा जस्टीनेको दाह्री छैन भने हाल उनले कोभिड–१९ को महामारीसँगै दाह्री पालिरेहेका छन् ।

सो तस्बिर उनी सन् २०१५ को नोभेम्बर महिनामा ओटावास्थित सिखहरूको एउटा धार्मिक केन्द्रको भ्रमणका समयमा खिचिएको हो । जुन भ्रमणबारे स्थानीय सञ्चार संस्थाले समाचार प्रवाह गरेका थिए ।

यसरी भारतमा भइरहेको प्रदर्शनबारे संसारभरी चासो प्रकट भइरहँदा विभिन्न चर्चित र शक्ति राष्ट्रहरुका नेताहरुका तस्विरहरु आन्दोलना पक्षमा प्रयोग गरेर  भ्रमहरु फैलाउने काम भइरहेको  बीबीसीले उल्लेख गरेको छ ।