अस्पतालमा गर्भवती परीक्षण र सुत्केरी सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि

अस्पतालमा गर्भवती परीक्षण र सुत्केरी सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर २९, २०७७

नुवाकाेट । अस्पतालमा गर्भवती परीक्षण र सुत्केरी सेवा लिन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेका अनुसार कोभिड–१९को सङ्क्रमण शुरु हुनपूर्व अस्पतालमा सुत्केरी सेवा लिनेको सङ्ख्या ५०/६० को हाराहारीमा हुने गरेकोमा हाल सो सङ्ख्या  २०० नाघ्न थालेको छ ।

काठमाडाैँमा गर्भवती जाँच गराउँदै आएका जिल्ला फर्किएसँगै  परीक्षण गराउनेको दर पनि बढेको जनाइएको छ  । 'कोरोनाको जोखिमको कारण फोनमार्फत चिकित्सकसँग परामर्श लिन आग्रह गर्दै आएका छौं ।' अस्पतालका अध्यक्ष न्यौपानेले भन्नुभयो,'चिकित्सकको परामर्शको आधारमा आवश्यक परेमा मात्र अस्पताल बोलाउदा दैनिक गर्भवती जाँच गर्नेको सङ्ख्या वढ्दो छ ।'

अर्कोतर्फ अस्पतालले पछिल्लो एक वर्षदेखि प्रसूति तथा स्त्री रोग विशेषज्ञमार्फत सेवा उपलब्ध गराउन शुरुआत गरेसँगै सेवाग्राहीको सङ्ख्यामा  वृद्धि भएको हो । 

यसैबीच अस्पतालले यस साताभित्रै सघन उपचार कक्ष (आइसियू) सेवा शुरुआत गर्ने भएको छ । अस्पतालको स्तरवृद्धि गरी ५० श्यया पुर्या‍इएको छ । योसँगै दश श्ययाको सघन उपचार कक्ष सञ्चालनको लागि तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।