डिसहोमद्वारा 'लाइभ लक्की ड्र' मार्फत २ जना भाग्यशाली विजेता छनौट : २ जना ग्राहकले एक एक लाख पाउने

डिसहोमद्वारा 'लाइभ लक्की ड्र' मार्फत २ जना भाग्यशाली विजेता छनौट : २ जना ग्राहकले एक एक लाख पाउने

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २९, २०७७

ललितपुर ।  'डिसहाेममा डिलर दाईको डिस्काउन्ट' योजना अर्न्तगत  'लाइभ लक्की ड्र' मार्फत २ जना भाग्यशाली विजेता छनौट गरिएकाे डिसहाेमले जनाएको छ ।

डिसहाेमका अनुसार २०७७  साल मंसिर १९ गते देखि मंसिर २५ गते सम्म 'फण्ड ट्रान्सफर' बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर 'लक्की ड्र' सम्पन्न भएको हो । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमकोShowcase 1 channel No 101 र रमाईलो टिभीमा'लाइभ लक्की ड्र' मार्फत २ जना भाग्यशाली विजेता छनौट हुने गरेकाे बताइएकाे छ । 

 योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति एक लाख  नगद प्राप्त गर्नु हुनेछ । यो योजना अन्तर्गत मंसिर २६ गते भएको 'लक्की ड्र' बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 71911097419, 71902465450  बिजेता बन्न सफल भएको जानकारी गराइएकाे छ । 

बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाई सहित आउने 'लाइभ लक्की ड्र'  २०७७ साल ३ गते शुक्रबार साँझ ५ बजे Showcase 1 channel No 101 र रमाईलो टिभीमा हुने जानकारी गराउँदछौ । २०७७ साल मंसिर २६ गते शुक्रबार देखि २ गते बिहिबार सम्म डिसहाेमको आधिकारीक विक्रेताहरु मार्फत 'फण्ड ट्रान्सफर' सेवाबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई ३ गतेको 'लाइभ लक्की ड्र'मा समावेश गरिने बताइएको छ ।

साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो 'साप्ताहिक लक्की ड्र '  मा सहभागी गराईएको छ । 
'फण्ड ट्रान्सफर' बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।