क्यारोन पोलार्डको आक्रामक ब्याटिङमा मुम्बई विजयी

क्यारोन पोलार्डको आक्रामक ब्याटिङमा मुम्बई विजयी
किंग्स इलेभन पञ्जावविरुद्धको खेल जितेपछि खुसी साट्दै मुम्बई इण्डियन्सका खेलाडी । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २८, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार राति कप्तान क्यारोन पोलार्डले आक्रामक ब्याटिङ गरेपछि मुम्बई इण्डियन्सले किंग्स इलेभन पञ्जावलाई तीन विकेटले पराजित गरेको छ । 

पोलार्डले ३१ ब्लमा ८३ रनको आतिसी पारी खेलेपछि मुम्बई विजयी भएको हो । उनले ३ चौका र १० छक्का प्रहार गरे । 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको पञ्जावले १९७ रनको विशाल योगफल तयार गरेको थियो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान के एल राहुलले अभिजित एक सय रन बनाएपछि पञ्जाव दुई सय रन नजिक पुगेको थियो । अर्का प्रारम्भिक ब्याट्सम्यान क्रिस गेलले ३६ रनमा ६३ रनको पारी खेले । गेलको विकेट जेसोन बेन्ड्रोफले लिए । अन्य ब्याट्सम्यानले भने खासै योगदान दिन सकेनन् । पञ्जावका डेभिड मिलर र करुण नायरको विकेट हार्दिक पाण्ड्याले लिए । सैम कुरानको विकेट जसपित बुमराहले लिए । 

१९८ रनको लक्ष्य पछ्याएको मुम्बईले गतिलो सुरुवात गर्न सकेन । मुम्बईले ७.४ ओभरमा ५६ रनमा दुई विकेट गुमाइसकेको थियो । त्यसपछि आएका पोलार्डले मुम्बईको इनिङ सम्हालेका थिए । उनलाई १९.२ ओभरमा अंकित राजपूतले आउट गरेका थिए । उनी आउट हुँदा मुम्बईलाई खेल जित्न चार बलमा चार रन नै आवश्यक थियो । तर, खेलको नतिजा आउन अन्तिम बलसम्म कुर्नुपर्यो । मुम्बईलाई अन्तिम बलमा खेल जित्न दुई रन आवश्यक थियो । क्रिजमा थिए, अल्जारी जोसेफ । जोसेफले स्ट्रेट प्रहार गरी दुई रन लिएपछि मुम्बई खेल जितेको थियो ।