राजस्थानले चेन्नईलाई रोक्न सक्ला ?

राजस्थानले चेन्नईलाई रोक्न सक्ला ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २८, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बिहीबार राति राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सको सामना गर्दैछ । 

घरेलु मैदानमा खेल्न लागेको राजस्थानले चेन्नईलाई रोक्न सक्ला त ? 

चेन्नई चालू आइपिएलको खेल नतिजाका आधारमा सबैभन्दा बलियो टोलि देखिएको छ । उसले अहिलेसम्म खेलेका ६ खेलमध्ये ५ मा जित हासिल गरी अंक तालिकाको शीर्ष स्थानमा छ । यस्तोमा चेन्नईलाई पराजित गर्नु राजस्थानलाई ‘फलामको च्युरा’ चपाएसरह नै हुनेछ । तर, घरेलु मैदानमा म्याच हुने भएकाले राजस्थानलाई घरेलु दर्शकको साथ भने रहनेछ । 

हेड टु हेडमा चेन्नई अघि 

यी दुई टिमबीच भएका हेड टु हेड प्रतियोगितामा चेन्नई अघि देखिएको छ । यी दुई टिमबीच अहिलेसम्म भएका २० खेलमध्ये चेन्नई १३ मा विजयी हासिल गरेको छ भने राजस्थानले ७ को नतिजा आफ्नो पक्षमा पारेको छ ।