यसरी खिचियो ‘ब्लैक होल’ तस्विर

यसरी खिचियो ‘ब्लैक होल’ तस्विर

लाेकस‌ंवाद विज्ञान डेस्क  |  ज्ञानविज्ञान  |  चैत्र २८, २०७५

अमेरिकाको नेशनल साइन्स फाउण्डेशनले १० अप्रिल बुधबारका दिन एक पत्रकार सम्मेलन आयोजना गरेर ‘ब्लैक होल’ को तस्विर सार्वजनिक गरेको छ । 

‘ब्लैक होल’को तस्विर ‘इभेन्ट होरिजन टेलिस्कोप’ (ईएचटी) प्रोजेक्ट मार्फत तयार गरिएको हो ।

यस प्रोजेक्ट अन्र्तगत सन् २०१७ मा वैज्ञानिकहरुले विश्वका विभिन्न ठाउँमा ८ वटा रेडियो टेलिस्कोप स्थापना गरेका थिए । यी आठवटै टेलिस्कोप एक अर्काबाट ‘कनेक्टेड’ थिए । 

सबै टेलिस्कोपबाट संकलित डाटाबाट वैज्ञानिकहरुले ‘ब्लैक होल’ को तस्विर बनाएका हुन । 

बुधबार सार्वजनिक गरिएको तस्विर हाम्रो आकाशगंगा ‘मिल्की वे’को केन्द्रमा रहेको ‘सैजिटेरियस ए ब्लैक होल’ को नभएर पृथ्वीबाट ५ करोड ३० लाख प्रकाश वर्ष टाढा ‘विरगो क्लस्टर’मा अवस्थित मेस्सियर–८७ (एम–८७) आकाशगंगाको केन्द्रमा रहेको ‘ब्लैक होल’ को तस्विर हो । एम–८७ आकाशगंगाको खोज सन् १७८१ म फे्रन्च खगोलशास्त्री चाल्र्स मेस्सियरले गरेका थिए । 

एम–८७ आकाशगंगाको केन्द्रमा रहेको ‘सुपर मैसिभ ब्लैक होल’ को खोज ‘इभेन्ट होरिजन टेलिस्कोप’ ले सन् २०१९ मा आएर मात्रै गरेको थियो । 

नेशनल साइन्स फाउण्डेशनले बुधबार यसै ‘ब्लैक होल’को तस्विर सार्वजनिक गरेको हो । 

वैज्ञानिकहरुका अनुसार यस ‘ब्लैक होल’का भार हाम्रो सूर्यको तुलनामा ६ अर्ब गुना बढी छ । 

ईएचटी प्रोजेक्टका निर्देशक शेपर्ड डोयलेम्यानले पत्रकार सम्मेलनमा भने– ‘हामीले ब्रहमण्डको अदृश्य भाग मानिने ‘ब्लैक होल’को तस्विर सार्वजनिक गरेका छौ ।’

‘एउटा खगोलविद्का रुपमा आजको दिन मेरो लागि अत्यन्त महत्वपूर्ण हो ।’ नेशनल साइन्स फाउण्डेशनका निर्देशक फ्रान्स कोरोडोभाले पत्रकार सम्मेलनमा भने । 

‘ब्लैक होल’ लाई ब्लैक भन्ने कारण के हो भने यो एउटा यस्तो पिण्ड हो जसलाई देख्न सकिदैन । एउटा सानो पिण्डको द्रव्यमान यति बढी हुन्छ कि द्रव्यमानका कारणस्वरुप उत्पन्न भएको गुरुत्वाकर्षणले प्रकाशका किरणलाई पनि  ‘कैप्चर’ गर्छ । ‘ब्लैक होल’ मा पसेको कुरा ब्रह्माण्डमा विलीन हुन्छ । ठट्टामा हामी यसरी बुझ्न सक्छौ, यदि कुनै सलाईको बट्टाको भार दश अर्ब टन बनाउन सकिन्छ भने त्यो ब्लैक होल बन्न पुग्छ ।
केही नेपाली पत्रपत्रिका अनलाइनहरुले ‘ब्लैक होल’का तस्विर छाप्दै लेखे– ‘ब्लैक होल’को गोलाकार आभा खरबौं ताराहरु भन्दा उज्यालो हुन्छ, त्यसैले यति दूरीका बाबजुद यसलाई पृथ्वीबाट देख्न सकिएको हो । तर यो सत्य होइन । 

‘ब्लैक होल’ लाई हेर्न सकिदैन, माथि जुन मजाकमा लेखियो, सलाईको बट्टाको तौल दश अर्ब टन पुर्‍याउने हो भने त्यो ‘ब्लैक होल’मा परिणत हुन्छ । तर, फेरी यसरी बनेको ब्लैक होल’ले पृथ्वीलाई नै आफुमा समाहित गरिदिन्छ । सूर्यबाट आउने प्रकाशलाई पनि यसले समाहित गरिदिन्छ । अब यसलाई हेर्ने उपाय के ? कुनैपनि वस्तुबाट प्रकाश ठोकिएर नफर्किने हो भने आँखाको कुनै काम छैन । 

 ‘ब्लैक होल’ चम्कीलो हुन्न र न त ‘ब्लैक होल’लाई पृथ्वीबाट हेर्न सकिन्छ र न त कुनै प्रकारले हेर्न सकिन्छ । 

तपाइले सोध्न सकनुहुन्छ, कुनै प्रकारले हेर्न नसके ‘ब्लैक होल’को तस्विर कसरी खिचियो ।  यस विषयमा प्रोजेक्टमा सम्लग्न ऐरिजोना युनिभर्सिटीका एस्ट्रोनोमी डिपार्टमेन्टका प्रोफेसर डेनियल मरोने भन्छन– ‘The observations were coordinated dance in which we simultaneously pointed our telescopes in a carefully planned sequence. To Make sure these observations were truly simultaneous, so that we could see the same wavefront of light as it landed on telescope, we used extremely precise atomic clocks at  each of the telescopes. The telescopes array collected 5000 trillion bytes of data.  

यस्ताे आयो ब्लैक हाेलकाे चित्र 

स्राेत  विभिन्न एजेन्सीहरु
 

याे  पनि

ब्ल्याक होलको तस्बिर आज सार्वजनिक हुँदै

ब्लैक होलः ब्रह्माण्डको प्रयाग, अर्थात भौतिक विज्ञानको संगमस्थल