लोकसंवाद संवाददाता | समाचार | मंसिर ३०, २०७७
गत हप्ता(मङ्सिर २५ गते) प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भारतीय सत्तारुढ दलका नेता एक्कासि देखा परे । उनको साथमा थिए नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल । भारतीय जनता पार्टीका नेता विजय चौथाइवाले नेपाल आएको कोही कसैलाई अत्तोपत्तो भएन बालुवाटारमा प्रधानमन्त्री ओलीको साथमा चौथाइवाले र अर्थमन्त्री पौडेलको तस्बिर सार्वजनिक भएपछि मात्रै चौथाइवाले कहिले नेपाल आएछन् भनेर बल्ल सोधी खोजी सुरु भयो ।
ओली नेपालका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका पहिलो वर्यताका अध्यक्ष पनि हुन् । अर्थमन्त्री त्यही पार्टीका महासचिव अनि चौथाइवाले भारतीय जनता पार्टी (सत्तारुढ) का विदेश विभाग प्रमुखको जिम्मेवारीमा रहेका नेता हुन् । तर उनको भेट नेकपाकै विदेश विभागका प्रमुख माधव नेपालसँग भएन अथवा उनी नेपाल आएको जानकारी नै पाएनन् । उनी आए भेटघाट गरे गए । उनी गइसकेपछि यसबारेमा सत्तारुढ दलभित्र चर्चा परिचर्चा मात्रै होइन विभिन्न कोणबाट छलफल समेत सुरु भएको छ ।
प्रधानमन्त्री ओली अल्पमा परेर पद धरापमा परेको भनेर प्रचार भइरहेको बेलामा उत्तरको छिमेकी मुलुक चीन र दक्षिणको छिमेकी मुलुक भारतबाट निकै ठुलो चलखेल भएको छ भन्ने समाचारहरू सार्वजनिक भइरहेको बेला चौथाइवालेको भ्रमणले त्यसलाई झन् पुष्टि समेत गरेको छ । चौथाइवालेको भेट अघि चिनियाँ राजदूतले ओलीलाई भेटेर एमसिसी फिर्ता हुनु पर्ने सर्त राखेकी थिइन् । ‘एमसीसी फिर्ता गर्नोस्, पाँचै वर्ष प्रधानमन्त्री हुन मद्दत गर्ने जिम्मा हाम्रो भयो’ भन्ने चिनियाँ राजदूतको सर्तलाई भने ओलीले अस्वीकार गरेको बताइन्छ । बरु उनी भारतसँग गुहार माग्न थालेको भन्ने चर्चाले सत्तारुढ दलभित्र राम्रो स्थान पाउन थालेको छ ।
त्यही दिन भैरहवाबाट जहाजमै काठमाडौँ आउने योजना बन्यो । विडम्बना बाक्लो हुस्सुका कारण सबै ‘फ्लाइट’ क्यान्सिल भयो र उनी फेरि सडक मार्गबाटै काठमाडौँ आउन बाध्य भए । त्यही दिन दाइउन्नेमा भएको एउटा गाडी दुर्घटनाका कारण त्यहाँको बाटो पुरै जाम थियो । करिब १० किलोमिटरसम्मको जाम छिचोले पछि उनका लागि काठमाडौँको यात्रा सहज बनेको थियो । उनी नेकपाका महासचिव विष्णु पौडेलको निमन्त्रणमा नेपाल आएकाे बताइन्छ ।
पछिल्लो पटक भारतीयहरूको हिमचिमले ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सकारात्मक आश्वासन सम्बन्ध बिकास भइरहेका भन्ने शङ्काको लाभलाई बढवा दिएको छ । ओलीलाई भारत भ्रमणका लागि पनि बोलाइने सम्भावना बढेको छ । यो कुनै पनि बेला सर्वजनिक गर्ने तयारी भइरहको छ । त्यो अवस्थामा ओलीले अझै तीन–चार महिना प्रधानमन्त्रीका विवाद थाति राख्नेेसम्म तायरीको सम्भावना रहन्छ । नेपालको प्रधानमन्त्रीलाई धेरै नै कमजोर अवस्थामा पुर्याएर मात्रै आफ्नो देशको भ्रमणका लागि बोलाउने र आफ्नो देशलाई लाभ हुने सम्झौता गराउने भारतको पुरानो प्रचलनले निरन्तरता पाउने सम्भाना छ ।
भारतले यही मौका खोजिरहेको अवस्थामा चौथाइवालेको भ्रमण भएको हो भन्न कठिन छैन । भारतको हित हुने सम्झौता गरेपछि पदमा टिक्न सकिन्छ भन्ने भ्रमबाट भने नेपालका धेरै प्रधानमन्त्रीहरूले पाठ सिकेका छन् । उदाहरणका लागि टनकपुर सम्झौता पछि गिरिजाप्रसाद कोइराला सत्ताबाट बाहिरिएका थिए । महाकाली प्याकेज सम्झौता अघि बढाउने सहमतिपछि मनमोहन अधिकारीलाई सत्ताच्यूत गरिएको थियो ।
महाकाली सन्धि संसद्को दुई तिहाइ बहुमतबाट पारित गराउने प्रयोजन सकिएपछि शेरबहादुर देउवा सत्ताबाट बाहिरिनु परेको इतिहास खास सम्झना लायक छ । बिप्पा सम्झौतापछि डा. बाबुराम भट्टराई पनि सत्तामा टिकिरहन सकेका थिएनन । त्यस कारण पनि प्रधानमन्त्री ओली ढुक्क हुने अवस्थामा छैनन् । तर उनी प्रचण्ड र माधव नेपालको चक्रव्यूहबाट कसरी उम्कने भन्ने दाउमापनि सफल हुन नसक्दा भारतीयहरूले ओलीलाई आफ्नो परिवेश अनुसार चलाउने कोसिस गरिरहेका आरोप लगाउन थालिएको छ ।
चौथाइवाललाई पछ्याउने हो भने गत बुधवार अपराह्नतिर चौथाइवाले गोरखपुरसम्म जहाजबाटआएका थिए । त्यसपछि उनी भैरहवासम्म निजी गाडीमै आए । त्यो दिन भैरहवामै बस्ने व्यवस्था त थियो, तर उनले मानेनन् ।
त्यही दिन भैरहवाबाट जहाजमै काठमाडौँ आउने योजना बन्यो । विडम्बना बाक्लो हुस्सुका कारण सबै ‘फ्लाइट’ क्यान्सिल भयो र उनी फेरि सडक मार्गबाटै काठमाडौँ आउन बाध्य भए । त्यही दिन दाइउन्नेमा भएको एउटा गाडी दुर्घटनाका कारण त्यहाँको बाटो पुरै जाम थियो । करिब १० किलोमिटरसम्मको जाम छिचोले पछि उनका लागि काठमाडौँको यात्रा सहज बनेको थियो । उनी नेकपाका महासचिव विष्णु पौडेलको निमन्त्रणमा नेपाल आएकाे बताइन्छ ।
बिहीबार बिहान काठमाडौँ आएपछि होटेल सोल्टीमा ‘ब्रेकफास्ट’ र केहीबेगरको आरामपछि उनी सिधै बालुवाटार पुगे र प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘भेटवार्ता’ गरे । त्यहाँ अर्थमन्त्री तथा नेकपा महासचिव पौडेल पनि सहभागि थिए । उनले सो भेटघाटलाई शिष्टाचार भेटका रुपमा अघि बढाए पनि भारतीय सत्तारुढ दलको विदेश विभाग प्रमुखको हैसियते नेपाल र प्रधानमन्त्री ओलीलाई दिनुपर्ने र गर्नुपर्ने सहयोगबारे स्पष्ट रुपमा भारतीय जनता पार्टीको धारणा र प्रधानमन्त्री नरेन्द्र मोदीको धारणा पनि राखेका थिए । चौथाइवालेको भ्रमणबाट ओली पनि उत्साहित भएका छन् । ओली अनुकूल मिल्दाको बखत भारत भ्रमण गर्न चाहन्छन् ।
उता भारतीय जनता पार्टीले नेपालमा ‘अन्तर पार्टी’ सम्बन्ध पनि सुधार्न चाहँदै छ । प्रधानमन्त्री ओलीको पनि प्रस्ट सन्देश के देखिँदै छ भने भाजपासँग राजनीतिक साइनोलाई अघि बढाउन चाहन्छ जुन चौथाइवाले पूरा गर्ने वचन दिएका हुनसक्ने सम्भावना देखिएको छ । यो बिचमा चौथाइवालेले प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्व सभामुख सुवास नेम्वाङ तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटे । अन्तिममा जनता समाजवादी पार्टीका दुई अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोलाई भेटे । जसपाकै सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई भने उनले भेटेनन् । यसको अर्थ चौथाइवालेलाई नेपालको आन्तरिक राजनीतिमा प्रतिपक्षीको भूमिकाको रुपमा रहेका नेताहरूसँगको भेटघाटको कार्यतालिका नै तयार गराइएन ।
उनी आउनुभन्दाअघि नै भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल सुटुक्क आएर प्रधानमन्त्री ओलीलाई भेटेर गए । गोयललाई प्रधानमन्त्रीले ‘मोदी’ (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) का ‘दूत’का रूपमा अर्थ्याइदिए । त्यसपछि भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणे नेपाल आए । नरवणे उनै भारतीय सेना प्रमुख हुन् जसले नेपालको नयाँ नक्सालाई ‘कसैको उक्साहट’मा जारी भएको भन्ने विवादित अभिव्यक्ति दिएका थिए ।
जब कि सिमानाका रूपमा विवादित कालापानी–लिपुलेकको भूमिमा भारतले मोटर बाटो बनाएपछि नेपालले त्यो भूमिलाई आफ्नै नक्सामा समेटेर नयाँ नक्सा जारी गरेको थियो । यही विवादले नेपालभारतबिचको सम्बन्धमा अझै चिसोपना बढाइदिएको थियो । तर, सरकारी पक्षले भारतीय सैन्य प्रमुखको यो भ्रमणलाई ‘सैन्य कुटनीतिक परम्परा’ भएको दावी गरिदियो । नेपाल भ्रमण लगत्तै उनले भारत पुगेको दुई दिनमै भारतीय एयर फोर्समार्फत कालापानीको भ्रमण गरेर फर्केका थिए । यसबाट के प्रष्ट हुन्छ भने भारत केपी ओली नेपालमा कमजोर भएका बेला उनीसँग कुनै न कुनै रुपमा सन्धि सम्झौता गर्न चाहन्छ ।