सिरहाको लक्ष्मीपुरमा पाँच शय्याको अस्थायी कोभिड–१९ अस्पताल

सिरहाको  लक्ष्मीपुरमा पाँच शय्याको अस्थायी कोभिड–१९ अस्पताल

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष १, २०७७

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरमा पाँच शय्याको अस्थायी कोभिड–१९ अस्पताल स्थापना गरिएको छ । गाउँपालिकाको तीन महिनाको प्रयासमा कोभिड अस्पताल स्थापना भएकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले बताउनुभयो ।

स्थापना गरिएको कोभिड अस्पतालका लागि एक मेडिकल अधिकृत डा राकेश यादवसहित दुई स्टाफ नर्स र एक अस्पताल रेखदेख गर्ने पालेलाई नियुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महतले जानकारी दिनुभयो ।