युवतीका आँखाको भाका, हातकाे इसारा : जसले 'कसरी बोलाऊ ...' बोलकाे गीत सृजना गर्न बाध्य बनायाे

युवतीका आँखाको भाका, हातकाे इसारा : जसले 'कसरी बोलाऊ ...' बोलकाे  गीत सृजना गर्न बाध्य बनायाे

प्रा.डा. विष्णु राई  |  लोकरञ्जन  |  पुष १, २०७७

'कसरी बोलाऊ मान्छेको भिडमा आजै हो देखेको 
नबोलाऊ भने अरुले लग्ला भूल पर्ला जीवनको '

यो मेरो लोक प्रिय गीतमा संगीतबद्ध गर्ने काम वरिष्ठ संगीतकार शान्तिराम राईले गर्नु भएको हो । यो गीतलाई वरिष्ठ गायक ओम गुरुङले गाउनु भएको छ । यो गीतको शब्द सृजना मैले  २०५५ सालमा गरेको थिएँ । रेकर्डिङ्ग भने रेडीयो नेपालमा २०६३ सालतिर मात्र भएको थियो । 

यो गीतको पृष्ठभूमिभित्र मेरो समयको आर्तनाद (दुःखमय चित्कार) छ । घरमा प्राय मेरो कम बसाई हुने भएको करण, मेरी आमाले मलाई 'घुमन्ते' 'परदेशी' उपनाम दिनुभएको थियो ।  साथी भाइहरुको काम विशेषले अड्डा कताकता गैरह्नन्थे ।  आमाले माया गरेर उपनामबाट मलाई बोलाउदा 'प्रिय'  लाग्थ्यो ।

 मैले एक रात निधो गरें अब राजनीति पेसा छोड्छु । शहर गएर केही जिविको चलाउने मनभित्र निधो गरें ।  त्यो निर्णयले मेरो जीवनको महत्वकाँक्षी थियो कि थिएन जहाज डुब्यो वा डुबेन अझ निर्कोल गर्न सकिरहेको छैन् । जीवनको डर त थिएन, तर मलाई आफ्नो समयको बोध थियो । Nelson Mandela को भनाइ मलाई घत लाग्छ 'may your choice reflect yours hopes, not your fear.' 

 मेरो पेसबाट परिवार आजित भएको करण मण्डेलाको बिचार मेरो लागि लागुहुन सकेन् । जिल्लामा केही असल काम गर्ने अठोटले  राजनीतिमा होमिएको थिएँ । मेरी आमा मेरो असफलताको कारण गाउँघरबाट एकप्रकारले  विरक्तिनु भएको थियो ।  साएद ! यही कारणले होला, काठमाडौँ आएपछि आमा गाउँ फर्कनु चाहनु भएन  २०६७ असाेज २२ गते आमाले ८३ वर्षको उमेरमा हामीलाई छोडेर देह त्याग गर्नु भयो । 

जीवनले अर्को मोड समातेपछि क्याम्पसमा पढाउन जानेक्रममा बाटोमा अश्वाभाविक रुपले भेटिएकी अपरिचित एक सज्जन महिलासँगको अतभूत कुराले जन्माएको यो गीत हो । महिला अथवा सुन्दर युवती भनौं, उनको हातको इसारा र आखाँको भाषाले सृजना गरेको यो गीतको पृष्ठभूमि हो । मलाई देखेर किन त्यसो गरिन थाहा छैन । त्यस दिन मैले नीलो आकाशे रंगको फुलसर्ट र क्रिच भएको फिक्का हरियो रंगको पेन्ट, कालो छालाको जुत्ता लागएर भरसक ज्यान अनुसार ठाँटिएर गन्तव्यतर्फ लम्किदै थिएँ । 

म घरबाट झोला बोकेर शहर पस्ने बिचारले निस्कें । मलाई देखेर दलानमा थचक्क बसेर निधारको घाम हत्केलाले छेक्दै आमाले भन्नु भयो– 'विष्णु जेठ १ अब राजनीति छोडेर काठमाडौँ जान्छस त ?' सम्झन्छु अहिले आमाको शब्द मायाले मप्रति गहिरो दबेको थियो । भासिएको नजरले मलाई हेर्दा पाकी आमाको आखाँभित्र समुद्र भएर माया छछ्ल्की रहेको थियो । आमाको प्रश्नले मर्माहत भएर जलिसकेको थिएँ ।  आमाको यो अवस्था देख्दा मायाले मरिसकेको थिएँ । मेरी आमा जहिले पनि मुस्कुराएर बोल्ने तर आज मुस्कान थिएन ।  आमाको मन । दुईचार सय रुपैया थैली खोलेर मलाई खर्च दिनु भयो ।  म हिंड्दा दिनको दस बजेको होला सायद !  २०५४ जेठ २५ गते  । फर्केर आमालाई मायाले हेर्न पनि सकिनँ । आमाले के ठान्नु भो होला ? त्यो बेला ?

सज्जन युवती नहुँदी हो त मलाई सजक गराउने थिन्न होला । झलक्क हेर्दा रुपले उत्तिकै सुन्दरी थिइन ।  मैले मनमनै 'धेरै धन्यवाद'  दिएँ । मैले हिंड्ने बाटोमा उनै सुन्दरी देख्छु कि फेरि भन्दै हिंडे ।  अप्सोस ! कहिले भेट्न सकिनँ । तर उनको मधुरो तस्बिर मेरो आँखाबाट घाम पानीले मेट्न सकेन  । एक प्रकार रोमान्टिक सिन जस्तो भएको घटनाले मलाई गीत लेख्न अन्तत वाध्य बनायो । यो गीत उनैलाई समर्पित गर्न चाहन्छु ।  जसलाई न राम्ररी देख्न सकें न फेरि भेट्न सकें  । तर गीतको महत्वपूर्ण आधार दिइन  । अनौंठो भेट नभएको भए यो गीतको जन्म हुने नै थिएन  । 

अहिले जस्तो खोटाङमा मोटर, फोन केही थिएन । यात्रा धेरै गरियो तर कहिले काँहीको हिंडाई अविस्मरणीय हुँदोरहेछ ।  दुई दिनमा थाकेर राती बेल्टार झरें ।  थाकेर शरीर र  पैताला दुखेर मरासन्न थिएँ । मैले बस्ने होटेलमा पुग्नसाथ खान खाएर भुसुक्क निदाए मातेको मान्छे जस्तै । सपनामा नारायणगोपालको 'अल्झेछ क्यारे' गीत सुनेर ब्युझें । उज्यालो भयो भनेर जुरुक्क उठेँ । होइन रहेछ रातको दस भर्खर बजेको रहेछ । त्यो गीतको माधुर्यले हो कि ? के हो मलाई कहिले त्यस्तो सपनामा मीठो अनुभव भएको थिएन ।
काठमाडौँमा आएर केचप फेक्ट्री घरमा खोलें  ।  छ सात व्यक्तिलाई रोजगार त भयो, खासै आफुले सोंचे जस्तो अम्दामी भएन । आर्थिक छलाङ नहुँने भयो । आफु केही परिवर्तन खोज्ने मान्छे ।  फेरि विचार मन्थन गर्न थाले‌ । साथीहरुको  सल्लाहमा रियल स्टेट चल्तीको व्यबसाय हो भन्ने भयो ।  रियल स्टेट कार्यालय खोल्नलाई रजिष्ट्रेसन् दर्ता गरें तर काम गर्न गाह्रो रहेछ। ठूला मान्छेहरु नै दलाल भएर कार्यालयमा आउने ।त्यस्तै सरकारी कार्यालयबाट काम लिन गाह्रो । सानो काम बापत पनि रकम घुस दिनपर्ने ।  कार्यालय सञ्चालनको लागि मात्र काम सीमित भएकोले यसबाट मुक्त गरें ।

जीवन त अनुभव रहेछ । यति धेरै दुःख त गर्न पर्ने थिएन । सामान्य परिवारमा हुर्के पनि हिंड्नु खानुको समस्या परिवारमा थिएन । तर केही त काम गरौं भन्ने कुराले मलाई छटपटी हुन्थ्यो ।

त्यसपछि पुतलीसडकमा कम्प्युटरको जमाना भएकोले पसल खोलें । देखे जस्तो भाग्य केही नहुँदो रहेछ, मेहनत गरेर मात्र अपुग्दो रहेछ । कम्प्यूटर कसले किन्छ ? कसलाई कुन कार्यालयमा समातेर बिक्री गर्न सकिन्छ भन्ने भेऊ पत्ता नपाउने मान्छेको लागि यो पनि घाँडो काम रहेछ । महिनामा जम्मा गरेर घरभाडा तिर्नु बाहेक केही काम भएन ।अहिले पनि पवन अग्रवालजी को लक्ष्मी प्लाजा घर पुतलीसडकमा देख्नसाथ आङ मेरो त्यसै जिरिङ हुन्छ ।  त्यो ब्यापारले भएको रुपैयाँ मात्र सकेन आफ्नै घरको रेखदेख र भात पानीको बेठेगान बनाइदियाे । अन्त्यमा एक बर्षमा सबै समान बिक्री गरेर पवनजीको घरबाट मुक्त भएको दिन जिउबाट काँडा उखेलो जस्तो आनन्दको सास तानेउ हामीले । 

अनेक प्रयास जीवनमा गर्दै आउँदा मेरो जीवनको अमूल्य समय पनि मिनटमिनटमा बद्लिदै आएको थियो ।  देशमा माओवादीहरुको जन-क्रान्तिले आगोको रुप लिइसकेको थियो ।  यो समयलाई सदुपयोग गर्न मैले त्रिविमा पीएचडी लागि सबै प्रक्रिया पुरागरी अध्यायन अगाडि बढाएँ ।  सायद ! म त्रिविको पहिलो पीएचडी गर्ने मानवशास्त्री हुँ । देश काठमाडौँमा सिमित भएको अबस्थामा फेरि मेरो ध्यान प्राध्यापनतर्फ तेर्सियो । 

 पशुपति क्याम्पसमा समाजसाशत्र विषयमा अघ्यापन २०५५ सालबाट थालें तर सोहि समयमा मेरो क्लास बानेश्वर क्याम्पसमा भएकोले उता भने अध्यापन गर्न असमर्थ भएँ ।बानेश्वर बहुमुखी क्याम्पस मेरो लागि बौद्धिकता तिखार्ने सुखद स्थल भयो ।  जीवनको लामो समय यस विश्व विधालयमा खर्च गरेर प्राध्यापक पदबाट 'रिटायर्ड'  भएको छु । अनेक क्षेत्र र थरीका विद्यार्थीहरुसँग शिक्षा आदनप्रदान गर्न पाउनु मेरो जीवनको कम उपब्धिपूर्ण समय रहेन । मलाई विश्व विद्यालयले एउटा उचाई दियो ।  कृतज्ञ छु, सम्पूर्ण मान्यजन तथा मित्रहरुप्रति ।

मैले मदन भण्डारी कलेजमा पनि २०६३देखि २०७४ सम्म एमए कक्षाको संयोजक भएर बेलुकी समय अध्यापन र सञ्चालन गरें ।  समय अभावको कारण मेरो संयोजकमा सञ्चालन भएको उक्त कार्यक्रम छोडें ।  मैले त्यो समयमा प्रोफेसर चिरिन्जीवी शर्मा, चैतन्य शर्मा र प्रा.डा. ध्रुब कार्की अन्य 'इनर्जेटिक' युवा समाजशास्त्री सहकर्मीहरु गोकर्ण ज्ञवाली, शिवजी गुरुङ, नरेन्द्र मिश्र, निरोधराज पाण्डे जस्ता अन्यन्य मित्रहरुसँग भेट्ने अवसर पाएँ ।  पोखरा विश्व विद्यालय अर्न्तगत IACER campus, Kathamandu,  मा M.Phil. Anthropology class  अध्यापन कार्यमा संलग्न पनि छु । 

जीवनको बाटो नबदलेको भए मैले यो गीत लेख्ने अबसर जुर्ने थिएन । साथै यसरी मिडियामा बारम्बार आउने सम्भाबना थिएन । यो गीतको बारेमा लेख्दै थिएँ, साँझमा रेडीयो नेपालबाट 'चखेवा भन्ज्याङ' बोलको मेरो गीत बज्यो । एउटा स्रस्टालाई यो भन्दा के सुखानुभुत हुन्छ होला र ?  

बिहान क्याम्पस जाँदै थिएँ । वैशाखको घाम चर्को थियो बानेश्वर बाटोमा । सडकमा मानिसहरु उस्तै आफ्नो गन्तव्यतर्फ भाग दौड गरिरहेका थिए । म हिंडिरहेको थिएँ, अचानक एक युवतीले मलाई आँखामा हेरेर उनको औंलाहरू छातीमा मर्काउदै मुसुक्क मुस्कुराइन् ।  आँखाको भाषा मैले ठम्याउन सकिनँ । अनि उनको 'थाईकट'  पहेंलोपहेंलो केस मुन्टो बटारेर पछाडि फर्काउँदै बाटो लागिन् ।  मैले म प्रतिको उनको अमुख हात र आँखाको अभिव्यक्ति बुझ्न सकिनँ ।  दस पन्ध्र पाइला रोकेर फरक्क फर्केर पछाडि हेरें । उनले पनि फरक उक्त समयमा फर्केर फेरि छाती देखाउदै ठिक्छ भन्ने संकेतमा बुढी औंलाले प्रेस्टो गरेर मुस्कुराउँदै बाटो लागिन् । मैले उनलाई उसरी नै प्रेस्टो गर्नु पर्ने थियो, मौकै पाइनँ  । 'के भने कि होला ? अचम्म ! मैले मेरो छातीमा हेरें । मेरो कमेजको एक बटम पेटमाथि खुलै रहेछ ।  अनिपो चाल पाएर लाजले भुतुक्क भएँ ।  फेरि फर्केर हेर्ने प्रयास गरें तर सज्जन सुन्दरी महिला भिडभित्रको कोलाहलमा हराई सकेकी थिइन । 

सज्जन युवती नहुँदी हो त मलाई सजक गराउने थिन्न होला । झलक्क हेर्दा रुपले उत्तिकै सुन्दरी थिइन ।  मैले मनमनै 'धेरै धन्यवाद'  दिएँ । मैले हिंड्ने बाटोमा उनै सुन्दरी देख्छु कि फेरि भन्दै हिंडे ।  अप्सोस ! कहिले भेट्न सकिनँ । तर उनको मधुरो तस्बिर मेरो आँखाबाट घाम पानीले मेट्न सकेन  । एक प्रकार रोमान्टिक सिन जस्तो भएको घटनाले मलाई गीत लेख्न अन्तत वाध्य बनायो । यो गीत उनैलाई समर्पित गर्न चाहन्छु ।  जसलाई न राम्ररी देख्न सकें न फेरि भेट्न सकें  । तर गीतको महत्वपूर्ण आधार दिइन  । अनौंठो भेट नभएको भए यो गीतको जन्म हुने नै थिएन  । 

यो गीतको रचनाशब्द त्रिविको बिए दोस्रो वर्षको नेपाली ऐच्छिक विषयमा विशेष चर्चा गरिएको छ । यसको लागि नेपाली विषयका प्राध्यापकहरुलाई धन्यवाद भन्न चाहन्छु ।   
यो गीत २०६३ सालमा रेडियो नेपालमा रेकर्डिंङ भएको हो ।  एक पल्ट वरिष्ठ गायिका मिरा राणासँग रेडियोमा मेरो भेट भयो । कुरै कुरामा ओम गुरुङलाई  गीत रेकर्डिंङ गर्ने लगाउने भन्ने सल्लाह भयो ।  त्यसपछि बौद्धिक संगीतकार शान्तिराम राईको संगीतमा रेकर्ड गरिएको हो । वरिष्ट गायक ओम गुरुङले लगातार चार पल्ट उत्कृष्ठसँग गाउनु भयो  ।  र चारै पटक रेकर्ड भए । ती मध्ये एउटा छानियो । सोहि दिनको बेलुकी कार्यक्रममा बजेको थियो । लाइभ गीत गाउन पर्ने चलन थियो ।  गायकको लागि कम च्यालेन्ज थिएन । मलाई हेर्न कम उत्सुकता थिएन । रेकर्डिङको बेला मेरो मन सुखद अनुभूतिले  थामिनसक्नु उत्तेजित थियो । आज वरिष्ठ गायक र संगीतकार दुवै स्रस्टालाई फेरि आभार प्रकट गर्दछु । 

सबै मेरा प्रिय श्रोता मान्यजनप्रति कृतज्ञ छु ! धन्यवाद ।   

मेरो यो गीत युटुबमा यहाँ क्लिक गरेर पनि सुन्न सक्नु हुन्छ  ।