काठमाडौँ मेडिकल कलेज र मृतकका आफन्तबिच पाँच बुँदे सहमति (सहमति पत्रसहित)

काठमाडौँ मेडिकल कलेज र मृतकका आफन्तबिच पाँच बुँदे सहमति (सहमति पत्रसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ३, २०७७

काठमाडौँ । काठमाडौँको सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) र मृतकका आफन्त बिच पाँच बुँदे एक सहमति पत्रमा हस्ताक्षरसँगै विगत दश दिनदेखि अस्पतालसँगको विवाद टुङ्गिएको छ । 

केएमसीमा उपचार लक्ष्मी कुँवरको गत मङ्सिर २२ सोमबार निधन भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल तोडफोडमा उत्रेका थिए । यसरी तोडफोडमा उत्रेका आफन्त सहित ९ जनालाई स्थानीय प्रशासनले गिरफ्तार गरेको थियो ।  यसरी गिरफ्तारहरूलाई चौथो दिन जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको थियो भने स्व. लक्ष्मी कुँवरको सबलाई शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो ।  मृतकका आफन्तले दैनिक जसाे अस्पतालकाे गेट अगाडि आएर जुलुस नारा गर्दै आएका थिए । 

२०७७ पुस १ गते अस्पताल प्रशासन र मृतकका आफन्तका बिचमा भएको सहमति पत्रमा हस्ताक्षार भएसँगै अस्पताल र मृतकका आफन्तकाे विवाद टुङ्गिएकाे छ ।हमति पत्रको  पहिलो बुँदामा भनिएको छ – केएमसीले मृतकका आफन्तले अस्पतालमा पुर्‍याएको क्षतिबापतको ३९ लाख रकमा नलिने, स्थानीय प्रशासनमा अस्पतालले कारबाहीको प्रक्रिया अगाडि नबढाउने, धरौटीमा छुटेका ९ जनाले अस्पतालका अध्यक्ष समक्ष माफी माग्ने, मृतकका तर्फबाट कुनै मागवादी नगर्ने र मृतकको प्रक्रिया पुर्‍याएर दाहसंस्कार गर्ने सहमति भएको अस्पताल प्रशासनले जनाएको छ । 

अस्पताल र मृतकका आफन्त बिच भएको सहमति पत्र 

तोडफोडमा उत्रेका ९ जनाको तर्फबाट लिखित माफीको निवेदन