बोको हरामद्वारा विद्यालयबाट अपहरित ३४४ विद्यार्थी मुक्त

बोको हरामद्वारा विद्यालयबाट अपहरित ३४४ विद्यार्थी मुक्त

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष ३, २०७७

एजेन्सी । नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका सो राज्यका गभर्नर अमिनु मासारीले बताउनु भएको छ । यस घटनामा यहाँको आतङ्ककारी समूह बोको हरामको हात रहेको छ । 

अपहरण मुक्त भएका प्रायःविद्यार्र्थिहरु केटा भएका मसारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई बताउनु भएको छ । हाल ती विद्यार्थिहरु कितसिना राज्यतर्फ फर्किर्दै गरेका र उनीहरुलाई  स्वास्थ्य उपचार गराई परिवारजनको जिम्मा लगाइने मसारीले बताउनु भएको छ । 

कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गत डिसेम्बर ११ का दिनमा विद्यालयमा आक्रमण बन्दुकधारी समूहले अपहरण गरेका थिए । स्थानीय सञ्चार माध्यमकाअनुसार ती विद्यार्थिहरुलाई  छिमेकी पर्ने राज्यको एक विशाल जंगलमा लगिएको थियो ।

बन्दुकधारीले गरेको सो हमलामा परी यहाँका ३४४ जना बालबालिका हराएका थिए । बोको हराम नामक यहाँको आतङ्ककारी संगठनले बुधबार ती बालबालिका आफूले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको थियो ।     
    
सो राज्यका गभर्नर मासारीले सो बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी जारी राखिएको बताउनु भएको थियो । बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयमा आफूले अपहरण गरेको भन्दै विद्यालयका ३४४ जना बालकालिका आफूहरुसँग रहेको बताएका थिए ।

सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत रहेको थिए । नाइजेरियाको बोको हराम आतङ्ककारी समूहले विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन् ।