इजरायलको प्रधानमन्त्रीमा बेन्जामिन नेतान्याहु

इजरायलको प्रधानमन्त्रीमा बेन्जामिन नेतान्याहु

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २८, २०७५

इजरायलमा सोमबार भएको आम निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टी र उनका सहयोगी दलले संसदमा बहुमत ल्याएका छन् । 

साना दलसँग सहकार्य गरेर नेतान्याहु फेरि प्रधानमन्त्री बन्न सक्ने समाचार विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले दिएका छन् । 

१२० सदस्यीय इजरायली संसद (नेसेट) मा नेतान्याहुको लिकुड पार्टी र त्यसका सहयोगी पार्टीले ६५ स्थानमा विजय हासिल गरेका छन् ।

साना दलको समर्थनमा सरकार बनाउनु पर्ने अवस्था रहे पनि लिकुड पार्टीले इजरायलका अतिवादी दक्षिणपन्थी दलहरुको समर्थन प्राप्त गर्ने विश्वास गरिएको छ ।