आकर्षक र नवीनतम सुविधासहित मेगा बैङ्कले ल्यायो ‘मेगा अभिभावक बचत खाता’ योजना

आकर्षक र नवीनतम सुविधासहित मेगा बैङ्कले ल्यायो ‘मेगा अभिभावक बचत खाता’  योजना

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष ३, २०७७

काठमाडौँ, ३ पुस । मागे बैङ्क नेपाल लिमिटेडले ‘मागे अभिभावक बचत खाता’ नामक आकर्षक बचत योजना ल्याएको जनाएकाे  छ । 

बचतसँगै छोराछोरीहरूको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले बैङ्कले ‘मेगा अभिभावक बचत खाता’ ल्याएको हो । न्यूनतम ५ सय रुपैयाँ बचत हुनुपर्ने यस खातामा ४.५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा खातावाला अभिभावकको ५ लाख रुपैयाँको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । 

यसै गरी, मोबाइल बैङ्किङ, भिसा डेबिट कार्ड, चेक बुक र अनलाइन बैङ्किङ सुविधा निःशुल्क रुपमा उपलब्ध गराइने बैङ्कले जनाएको छ । यसका साथै, खातावाललाई डिम्याट खाता तथा शेयर लगानी सम्बन्धी विभिन्न आकर्षक विशेष सुविधाहरू पनि यस योजनामा समेटिएका छन् । खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने व्यवस्था पनि मिलाइएको छ । 

मेगा बैङ्कले ल्यायो ‘ ‘मेगा अभिभावक बचत खाता’  अभिभावक बचत खाता’  बैङ्कले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरू प्रदान गर्दै आएको छ । मेगा बैङ्कका देशभरकै २ सय ६ वटै शाखा तथा ३४ वटा एक्सटेन्सन काउन्टरहरूबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने मेगा बैङ्कले जनाकारी दिएकाे  छ ।