यसकारण प्रतिबन्ध लाग्यो पब्जी खेलमा

यसकारण प्रतिबन्ध लाग्यो पब्जी खेलमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र २८, २०७५

काठमाडौँ । नेपाल सरकारले बालबालिकाहरुलाई मानिसक समस्या सृजना गरेको भन्दै  ‘पब्जी’ खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

नेपाल प्रहरीको केन्द्रिय प्रहरी व्यूरो (सिआइबी) को अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले ‘पब्जी’मा प्रतिबन्ध लगाउने निर्णय गरिएको जनाइएको छ । प्राधिकरणले बिहीबारै इन्टरनेट सेवा प्रदायकहरुलाई खेल बन्द गर्न निर्देशन समेत दिइसकेकोे छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनसरा  प्रहरीबाट  लिखित अनुरोध आएको र सोही आधारमा उक्त खेल माथि प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको जानकारी दिनुभएको छ  । 

सरकारको निर्देशन अनुसार सेवा प्रदायकहरुले आआफ्नो नेटवर्कमा ‘पब्जी’ खेल डाउनलोड गर्न र खेल्न नमिल्ने गरी बन्द गर्न निर्देशन गर्ने निदेश्न दिइएको छ ।   केन्द्रिय प्रहरी अनुसन्धान व्यूरोले पब्जी खेलमा प्रतिबन्ध लगाउन काठमाडौं जिल्ला अदालतसमक्ष स्वीकृतिको लागि माग समेत  गरेको थियो।

अदालतले मनोचिकित्कससँग परामर्श लिई खेल बन्द गर्न बुधबार स्वीकृति दिएपछि प्राधिकरणले उक्त खेलमाथि प्रतिवन्द लगाउने निणर्य गरेको हो ।