स्ववियु निर्वाचन १० जेठभित्रै गर्ने प्रस्ताव

स्ववियु निर्वाचन १० जेठभित्रै गर्ने प्रस्ताव

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २९, २०७५

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको हो । 

विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरेको अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यले बताए । ‘हामीले छिटोभन्दा छिटो मिति घोषणा गरेर अन्योल अन्त्य गर्नुपर्नेमा जोड दिएका छौँ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।